भैरहवामा एम्बुलेन्स तयारी अवस्थामा


कमल रायमाझी
भैरहवा, ११ चैत । संयुक्त एम्बुलेन्स चालक संघ शाखा कार्यालय भैरहवाले लकडाउनका बेला समस्या परेका बिरामीहरुको सेवाका लागि एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको जानकारी दिएको छ ।


चालक संघले तयारी अवस्थामा राखेका एम्बुलेन्सहरुको चालकको नाम फोन नम्बरहरु सार्वजनिक गरिदिन पत्रकारहरुलाई अनुरोध गरेका छन् ।
संयुक्त एम्बुलेन्स चालक संघ, नेपालको ट्रेड युनियन शाखा भैरहवामा आवद्ध ११ जना चालकहरुलाई आवश्यक पर्दा २४ सै घण्टा बिरामीको सेवा दिनका लागि तयारी गराएको ट्रेड युनियन शाखा भैरहवाका सचिव श्याम मुराउले जानकारी दिनुभयो ।
सचिव मुराउका अनुसार– विश्वमा कोरोनाको संकट परिरहेका बेला देशलाई सहयोग पुराउने उद्धेश्यले आफुहरु संस्थागत रुपमा अगाडी बढेको बताउनुभयो ।

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य समाचार