लकडाउन तोड्नेलाई कार्वाही : प्रवक्ता खत्री


कमल रायमाभी
भैरहवा, १२ चैत । रुपन्देहीमा सरकारले निर्देशन गरेको लकडाउन तोड्ने १५० वटा सवारी साधनलाई मंगलवार नियन्त्रण लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खडक खत्रीले १५० वटा सवारी साधनलाई लिएको जानकारी दिनुभएको छ ।
उहाँले नियन्त्रण लिएका सवारी साधनहरुलाई दिनभर नियन्त्रण लिई साझ मात्र छोडिएको बताउनुभयो ।
लकडाउन टोडने ५ जना मानिसलाई पनि नियन्त्रण लिएको र सम्झाई बुझाई एक पटकलाई छोडिने प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनुभयो ।
बुधवार देखि लकडाउनलाई अझ प्रभावकारीका साथ प्रहरी परिचालन गरिने पनि जानकारी दिनुभयो ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार