भैरहवा भंसार आंशिक सुचारु


कमल रायमाझी
भैरहवा, १२ चैत (रासस)। नेपालको दोस्रो ठुलो भैरहवा भंसार कार्यालय आंशिक रुपमा सुचारु भएको छ । बुधवार साझ ६ बजे सम्म भैरहवा भंसार कार्यालय बाट ८५ वटा मालवाहक ट्रकहरु भारत बाट नेपाल भित्रिएको भैरहवा भंसार कार्यालयले जानकारी दिएको छ ।


जसमा एलपि ग्यास बुलेट १५ वटा, पेट्रोलियम पर्दाथ बोकेका ट्रक ४ वटा, खाध्यान्न तथा कच्चा पर्दाथ बोकेका ट्रक २१ वटा र तरकारी, फलफुल बोकेका ट्रक ४५ वटा नेपाल आएको भैरहवा भंसार कार्यालयका प्रमुख कमल कुमार भट्टराईले जानकारी दिनुभयो । लकडाउन भन्दा पहिला भने दैनिक ४ सय देखि ६ सय ट्रक भारत बाट नेपाल आउने गरेका थिए ।
लकडाउन भएपछि नेपाल आउन डराएका भारतिय चालकहरुको सुरक्षा नेपाली पक्षले गर्ने ग्यारेण्टी गरेपछि बुधवार बाट भारतिय ट्रकहरु नेपाल आउन थालेका छन् । “ भारतमा पनि लकडाउन भएपछि नियमित नेपाल आउने मालवाहक ट्रकहरु सवै नआएपनि खाध्यान्न, ग्यास र पेट्रोलियम पर्दाथ बोकेका ट्रकहरु सहज रुपमा नेपाल ल्याउने प्रयास भएको छ,” भैरहवा भंसार कार्यालयका प्रमुख भट्टराईले भन्नुभयो ।
नेपाल आएका भारतिय ट्रकलाई पनि भारतमा सहजरुपमा पठाउन दुई देशको सहमती भएको छ । बुधवार समान बोकेर नेपाल आएका ११४ वटा ट्रक खालि गरि भारत तिर पठाईएको शसस्त्र प्रहरी बल राजस्व भंसार गुल्म भैरहवाका शसस्त्र प्रहरी नायव उपरिक्षक मान बहादुर शाहिले जानकारी दिनुभयो ।
कोरोना भाईरस संक्रमण देखिएपनि मानिसहरु आवतजावतमा रोक लगाइएको नेपाल भारत सिमामा मालवाहक ट्रकहरु भने सहजरुपमा आउन जान पाउने सहमती भएको छ ।
तर भारत बाट नेपाल तर्फ आउने मालबाहक ट्रकहरुमा भने कोरोना संक्रमण रोक्ने कुनै प्रकारको सुरक्षा नअपनाइएको स्थानियहरुले बताएका छन् । नत स्प्रे गरिएको छ नत चालकहरुको उचितरुपमा स्वास्थ्य चेकजाच गरिएको छ भन्दै स्थानियहरुले गुनासो गरेका छन् । जुन समस्यालाई स्थानिय प्रशासन र भंसार कार्यालयले समयमै सोच्नु आवश्यक रहेको छ ।

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य समाचार