ओमसतिया गाउँपालिकाबाट कोभिड–१९ रोक्न डिटोल साबुन बितरण


कमल रायमाझी
भैरहवा,१३ चैत । रुपन्देहीको ओमसतिया गाउँपालिकाले गाउँ–गाउँमा पुगरेर गाउँपालिका भरिका सबै घरमा  डिटोल साबुन बितरण गरेको छ ।


कोभिड–१९ को संक्रमण बाट रोक्न लागि गाउँपालिकाले नागरिकलाई घर भित्र बस्न भन्दै सबै घरमा पुगेर  डिटोल साबुन बितरण गरेको गाउँपालिकाको सुचना शाखाले जानकारी दिएको छ ।
गाउँपालिको कार्यालयले जनप्रतिनिधिहरुलाई स्थानिय क्षेत्रहरुमा हुने समस्याको समाधान गर्न पहल गर्न निर्देशन दिनुका साथै लकडाउनलाई पुर्णरुपमा पालना गर्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) ले बताउनुभयो ।
बिश्वलाई त्रसित बनाएको कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउन सबैले पालना गर्नु पर्दछ । “स्थानिय क्षेत्रमा कुनै समस्या परे प्रहरी वा नजिकको जनप्रतिनिधिलाई खवर गर्न सार्बजनिक सुचना जारि गरिएको छ ,” अध्यक्ष केवटले भन्नुभयो ।
ओमसतिया गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सुरक्षित भएर जनताको घरघरमा पुगि डिटल साबुन र माक्न बितरण गरिरहेका छन्् भन्दै गाउँपालिकाका प्रवक्ता शिब कुमार धवलले सबै जनतालाई घर बाहिर ननिस्किन अनुरोध गरेको बताउनुभयो ।


जिल्लामा अहिले सुरक्षामर्कीले लकडाउन पालना गराउन स्थानियहरुलाई सचेतना तथा माइकिङ र नियन्त्रणमा लिने गरेका छन् । बजार क्षेत्रमा लकडाउन पुर्णरुपमा पालना गएको भएपनि गाउँगाउँमा आशिंक पालना भएको देखिन्छ ।
रुपन्देहीमा अहिले प्रदेश सरकारले सरकारी अस्पताल भिम अस्पताललाई कोभिड–१९ को संक्रमणको आशंका लागेका लाई उपचार केन्द्र तोकेको छ भने बुटवलको धागो कारखानामा आईसोलेसन वार्ड बनाएको छ ।

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य समाचार