कोरोना : कम्जोर स्वास्थ्य सुबिधा र हाम्रो लापरबाही


रवि सेन्चुरी

वर्तमान समयमा कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापि रुपमा माहामारी सृजना गरेको छ । यस महामारीको कारणले विश्व आक्रान्त बन्दैछ । यो भाइरस ३१ डिसेम्बरमा पहिलो पटक चिनको बुहानमा देखा परेको थियो । यसबिचको अबधिमा विश्वको १९६ देशका लाखौ मानिस संक्रमित भएकाछन् । हाल सम्म बिसौ हजार व्यक्तिको ज्यान गइसकेको छ । भाइरसका कारणले इटाली, अमेरिका, बेलायत, जर्मन लगायतका देशले बढि मानविय क्षति व्यहोदैछन् । हाल भारत हुदै यसको असर नेपालमा पनि देखिन थालेको छ ।
नेपाल सरकारले ढिलै भए पनि यस माहामारी रोग विरुद्ध कडा कदम चालिरहेको छ । त्यसैको फरस्वारुप, केहि समयका लागि लकडाउन र सिमा बन्द गरिएको छ । तर नेपालीहरुले त्यति गम्भिर रुपमा लिरहेका छैनन् । धेरै ठाउँमा लकडाउनको उल्लघन भएका खबरहरु आइरहेकाछन् । यस हेलचेक्राई र असावधानिले गर्दा व्यक्ति, परिवार, आफ्न्त, छिमिकि हुदै नेपालले ठुलो समस्या झेल्नु पर्ने देखिन्छ । किनकी कोरोना भाइरस संक्रमित व्यक्तिको श्वासप्रश्वासबाट यो भाइरस ¥याल, थुक र सिँगानका छिटाबाट सर्ने गर्दछ र ति सँक्रमित व्यक्तिको जिवाणु कारणवस कुनै वस्तुमा टासिन पुग्यो र अन्य व्यक्तिको कुनै माध्यबाट नाख, मुख वा आखा सम्म पुग्यो भने पनि सँक्रमित हुन्छन् । यो भाइरस रोगि, बिमारी र ८० वर्ष माथिका नागरिकका लागि अझ खतरनाक मानिन्छ ।
वर्तमान समयमा कोरोना भाइरसको माहामारीले गर्दा विश्वका शक्तिशालि राष्ट्रहरुले घोडा टेकिरहेको अवस्था छ । केहि राष्ट्रले समयमा यसलाई गभिर रुपमा नलिर्दा उनिहरुले ठुलो मुल्य चुकाउन बाध्यछन् । नेपालमा पनि विस्तारै कोरोना भाइरस पोजिटिप देखापदैछन् । विज्ञहरुका अनुसार एउटा कोरोना भाइरसका बिमारीले हजारौ व्यक्तिहरुलाई सँक्रमित बनाउन सक्छन् ।
वि.स. २०६८ को जनगणनालाई आधार मान्दो ८.१३ प्रतिशत ६० वर्ष माथिका जेष्ठ नागरिक रहेका छन् । नेपालको परिवार सख्या ५४ लाख २६ हजार ३ सय २ रहेको छ । हाम्रो परिवार पूर्विय सँस्कारमा आधारित रहेको पाइन्छ । हाम्रो परिवारमा दैनिक जिवनमा प्रयोग हुने कुराहरु शेयर हुने गर्दछ । यस्तो अवस्थामा हरेक परिवारका सदस्य सचेत र सजक हुन सकिएन भने सबै सँक्रमित हुने सम्भावना हुन्छ । नेपालमा १२. ८१ प्रतिशत जनताहरु भाडाको घरमा बस्ने गर्दछन् । भाडामा बस्नेहरु प्रया सिमित कोठामा दैनिकि चलाउनु पर्ने बाध्यताछ । एउटै घरमा फरक फरक वर्ग, पेशामा व्यक्तिहरु बस्ने गर्दछन् । यस्तो अवस्थामा भाडामा बस्ने एक व्यक्तिको लापरवाहीले अन्यले ठुलो मुल्य चुकाउनुपर्ने हुन्छ । यो बिचको ८ वर्ष अबधिमा नेपालमा जनसख्या लगायत शहरीकरणमा तिब्ररुपमा वृद्धि भएकोछ ।
नेपाल भित्र रोजगारी, शिक्षा, अवसर लगायत विभिन्न कारणले भिन्न ठाउँका व्यक्तिहरु सम्पर्कमा आएकाछन् । भारत गरि तेस्रो ४५ लाख नेपाली विदेशिएका छन् । नेपालको पछिल्लो तथ्याङ्ग अनुसार राजधानि र भारत देखि मात्र दशौलाख मानिस गाउँ फर्केको स्थिति छ । सँक्रमण एक ठाउँबाट आर्को ठाउँ सर्ने सम्भावना बढि रहेकोछ । यस्तो अवस्थामा हामिले कल्पना पनि गर्न सक्दैनौ कि सँक्रमण कहाँ, कसरी पुगिरहेको छ भनेर ।
नेपालको स्वास्थ्यसेवा लाई हेर्दा निजि, समुदायिक, मिसिन अस्पतालहरु रहेकोछ । वि.स. १९४७ सालमा विर अस्पतालको स्थापना सगै आधुनिक स्वस्थ्य सेवाको सुरुवात मान्न सकिन्छ । हाल नेपालमा ८ हजार ३ सय भन्दा बढि स्वास्थ्य सँस्था रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार १० हजार नागरिक बराबर ५ जना चिकित्सक उल्लेख गरेको छ तर नेपालको सन्दर्भमा १ जना चिकित्सक त्यहि पनि कति ठाउँमा चिकित्सकको अभाव रहेको पाइँछ । नेपालमा हाल २६ हजार देखि २७ हजार सम्म चिकित्सक रहेतापनि सरकारी दरबन्दिमा १५ सय देखि १६ सय रहेकाछन् । अझै पनि नेपालको १७ सय ९७ वडामा स्वास्थ्य सँस्था छैनन् । नेपालको सरकारी अस्पतालको उल्लेख गर्नु पर्दा केन्द्रिय अस्पताल १३, क्षेत्रिय अस्पताल ३, अञ्चल अस्पताल (हाल प्रदेश) २७, प्रदेश अन्तर्गत १७६, सैनिक ८, शासस्त्र २, नेपाल प्रहरी १, निजामति १ रहेका छन् । तर कोरोनाको उपचार, चेकजाच सिमित अस्पतालमा गरिएकोछ ।
नेपालमा समुदायिक र निजि स्वास्थ्य सेवाबिच निकैनै खाडल रहेको पाइन्छ । दिन प्रतिदिन स्वास्थ्य सेवाहरु महङ्गो हुदैछ । नेपालका धेरै स्वास्थ्य सेवाहरु शहर र सदरमुकाममा केन्द्रित छन् । अझै पनि दुरदराजका नेपाली जनताहरु समान्य रोगका उपचार नपाएर अकालमै मनुृपर्ने अवस्था छ । कति ठाउँमा व्यक्ति पैसा भएरपनि राम्रो उपचार पाउन सकिरहेका छैनन भने कति व्यक्ति पैसा नभएरै उपचार गर्न सकिरहेका छैनन् । अझै पनि जिल्लाहरुमा स्वास्थ्यकर्मिको अभाव हुनु, रिक्त दरबन्दी रहनु, असमान पहुच, स्वास्थ्य उपकरणहरुको अभाव, ग्रामिण क्षेत्रमा औषधिको अभाव, भएका औषधिको पनि उचित उपयोग नहुनु साथै नेपाल सरकारले वितरण गने औषधि प्राप्त वितरण गर्न नसक्नु जस्ता समस्याहरु रहेका छन् ।
नेपालमा अहिलेको अवस्थामा रुघाखोकीका बिमारीलाई कैयौ अस्पतालले भर्न लिन आनाकानी गरेको अवस्था छ । कोरोना भाइरस माहामारको रुप लिरहदा नेपनलमा भने कोरोना भाइरस परिक्षण किटको अभाव डाक्टरले कोरोना उपचार गर्दा लगाउने ड्रस (पिपिइ) को पनि अभाव छ । न त डेडिकेड अस्पताल, न त एम्बुलेन्स, न त बाहिरी ल्याप छ । नेपालमा सबै निकायले क्वारेन्टाइनको कुरा उठाइरहेकाछन् । नेपाल भरि ७५७ स्थानितह रहेका छन् जसमा २५ देखि ३० हजार र अन्य गरि नेपालमा ४० देखि ४५ हजार क्वारेन्टाइन बन्ने सम्भावना देखिन्छ । तर त्यसको विश्वनियता आफ्नै ठाउँमा छ किनकी स्वाास्थ्यकर्मी र उपकरणबिनाको क्वारेन्टाइनको कुनै अर्थ हुदैन । आज स्वास्थ्यकर्मिहरु सामान्य सुरक्षाको भरमा कोरोना भाइरस जस्तो माहामारी रोग उपचारमा दिनरात नभनि लागिरहेकाछन् । सेना प्रहरीको आफ्नै भुमिका रहेको छ । तर वर्तमान समयमा निजि अस्पतालहरुको योगदान प्राय शुन्य देखिएको छ । यस्तो सम्बेदनशिल समयमा पनि विभिन्न बाहनामा सामान्य बिमारीलाई पनि गेट बाटै फर्काइएको समाचारहरु आइरहेकाछन् ।
धेरै जस्तो नेपाली कृषि र विदेशिक रोजगारीमा निर्भरछन् । साथै हजारौ घरवारविहिन र सडक बालबालिका रहेकाछन् । कतिपय नेपालीहरु ज्याला मज्दुरीले आफ्नो र परिवारको दैनिकि धानिरहेको छन् । आज समान्य व्यक्तिले साबुन, मास्क, सेनिटाइजर किन्न सकिरहेका छैन, भने पैसावला व्यक्तिले किन्न सकिरहेका छैनन् । विस्तारै बजारमा अतिआवश्यक वस्तुहरुको अभाव देखिदै छ । भएका वस्तुको मुल्य महङ्गिएको छ । जसले गर्दा भोकमरि र अभावको भयाबह अवस्था सृजाना भई जनताले बाध्य भएर लकडाउन तोड्ने सम्भावा देखिन्छ । यस्तो अवस्थामा सरकार सचेत भएर आफ्ना नागरिक लाई विश्वास दिलाउन सक्नु पर्छ । साथै केन्द्रिय सरकारले प्रदेश र स्थानियतह सँग सहकार्य गरेर व्यक्तिका अति आवश्यक वस्तुहरु उपलब्ध गराउन आवश्यक छ ।
नेपालको स्वास्थ्य स्थिति हेर्दा अति नै नाजुक देखिन्छ । माहामारी फैलिएर नियन्त्रण गरुन्जेल धेरैनै क्षति व्यवहनुपर्ने स्थिति देखिन्छ । सरकारका जिम्मेवारी व्यक्ति जिम्मेवारी भन्दा पनि सस्तो लोकप्रियका पछि लागेकाछन् । यस्तो अवस्थामा हामीले कोरोना भाइरसलाई सहजरुपमा लिनुहुदैन । भनिन्छ आफु नमरे स्वार्ग देखिन्न तर त्यो भनेर उम्किन पाइदैन । कति अनुभवहरु अरुको हेरेर पनि सिक्न जरुरीछ । आज विकसित देशहरुपनि घोडा टेकेको अवस्थामा हाम्रो जस्तो देशको हालत के होला । त्यस बाट पाट सिक्न जरुरी छ । साथै कोरोना भाइरस जस्तो माहामारीमा निजि क्षेत्रका अस्पतालको भुमिका शुन्य हुनु एक दुखत विषय हो । तसर्थ समाजवाद उन्मख राष्ट्रले शिक्षा, स्वास्थ्य राज्यको हुनुपर्दछ । अहिले कोरोना भाइरस माहामारी विरुद्ध औषधी बनि नसकेको हुदा सरकार र विज्ञले भनेको मान्ने बाहेक अरु विकल्प हामी संग छैन । नेपालमा कोरोना भाइरसले त्यस्तो महामारीको रुप धारण गरि सकेको अवस्था छैन, तर यदि हामि समयमा नै सचेत नहुनेहो भने यसले नेपालमा निकैने भयावहक रुप लिइ धेरै मानविय क्षति पु¥याउने सम्भावना देखिन्छ । सुरुमा हामी आफै सुरक्षित हुन जरुरीछ । रोग लाग्न नदिनुनै अहिलेको उत्तम उपायहो तसर्थ आफु पनि बाचौ अरुलाई पनि बचाउ ।

यसमा तपाइको मत

विचार बाट अन्य समाचार