सशस्त्रको उच्च निगरानी सिमाक्षेत्र


कमल रायमाझी
भैरहवा, १४ चैत (रासस) । कोरोनाका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिए पछि सिमाक्षेत्र शिल गरेर सशस्त्र प्रहरी बल नेपाल रुपन्देहीले उच्च निगरानीमा राखेको छ ।


भारत संग सिमा जोडिएको रुपन्देहीमा पर्ने ६० किलोमिटर क्षेत्रका नाकालाई पुर्णरुपमा शिल गरेर २४ औ घण्टा निगरानी गरिएको सशस्त्र प्रहरी बल रुपन्देहीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले सिमाक्षेत्रमा २२ वटा पिकेट र ५ वटा मोवाईल भ्यानले २४ औ घण्टा गस्ती गरिएको बताउनुभयो ।
सिमाक्षेत्रको अवस्था हाल अति संवेदशिल भएको छ ।‘ नेपाल बाट खुल्ला सिमाको कारण मानिसहरु भारत जान खोज्नु र भारत बाट नेपाल तिर आउनेहरुलाई रोक्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ,’ सशस्त्र प्रहरी उपरिक्षक पोखरेलले भन्नुभयो ।
नेपाल भारत आवत जावतलाई जिल्ला प्रशासन कार्यालयको निर्देशन बिना मानिसहरुलाई सशस्त्र प्रहरी बलले पुर्णरुपमा बन्द गरेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भंसार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक मान वहादुर शाहीले जानकारी दिनुभयो ।
सिमाक्षेत्र मात्र नभएर सशस्त्र प्रहरी बलले लकडाउनलाई पुर्णरुपमा कार्वान्वयन गर्नका लागि जिल्लाको सवै क्षेत्र बुटवल, भैरहवा, गंगोलिया,लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा समेत स्थानिय सरकार संगको सहकार्यमा २४ औ घण्टा गस्ती गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीको सुचना शाखाले जनाएको छ ।
जिल्लाका सरकारी अस्पताल र आईसोलेसन क्षेत्रको समेत सशस्त्र प्रहरीले सुरक्षा दिईरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले बताएको छ ।
सशस्त्रले जिल्लामा रहेको आफ्नो न्यु जनशक्तीलाई अधिकत्तमरुपमा प्रयोग गरेर सिमाक्षेत्र र बजारक्षेत्रमा प्रभावकारीरुपमा परिचालन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले जनाएको छ ।
सशस्त्र प्रहरी बलको रुपन्देहीमा एकवटा गण, तिन वटा गुल्म, चारवटा बोर्डर आउट पोष्ट र पाँचवटा बेसमा लगभग ६ सय जनशक्ति रहेको छ । जसले सिमाक्षेत्र, बजार, आन्तरिक सुरक्षा र अहिले अस्पतालहरुको समेत सुरक्षा गर्नुपरेको छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार