सिद्धार्थ बैंक द्धारा कोरोना नियन्त्रणमा १० लाख सहयोग


कमल रायमाझी
भैरहवा, १५ चैत । नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको सिदार्थ बैंक लिमिटेड प्रदेश नम्बर ५ ले कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई १० लाख रुपैया सहयोग गरेको छ ।


सामाजिक क्षेत्रमा बिगत देखिनै कृयाशिल रहेको यो बैंकले शनिवार प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई १० लाख रुपैयाको चेक बैंकका प्रदेश नम्बर ५ का प्रमुख सुशिल नेपाल, भैरहवा शाखा प्रमुख जिवन घिमिरे,बुटवल मिलनचोक शाखा प्रमुख चन्द्रदेव पौडयालले सयुक्तरुपमा हस्तातरण गर्नुभएको हो ।
बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणका लागि प्रदेश सरकारको पहललाई सहयोग पुराउने उद्धेश्यले र्बैकले रकम हस्तानतरण गरेको जनाएको छ ।
बैंकले हस्तान्तरण गरेको चेक बुझ्ने क्रममा मुख्यमन्त्री पोखरेलले बैंकको प्रशंसा गर्दै देशमा परेको संकटलाई सहयोग पुराउनु महानकार्य भएको बताउनुभयो ।
उहाँले कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणका लागि प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गरिरहेकाले बैंक दिएको रकम पनि सहिकार्यमा सदुपयोग हुने भन्दै बैंकलाई धन्यवाद दिनुभएको थियो ।
प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासलाई बित्तिय क्षेत्रबाट सिद्धार्थ बैंकले सहयोग गरेको बैंकका प्रदेश नम्बर ५ का प्रमुख नेपाल बताउनुभयो ।
सरकार र नेपाली जनतामा परेको संकटलाई सहयोग पुगोस भन्ने उद्धेश्यले बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बैंकका भैरहवा शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
सन २००२ सालमा स्थापना भएको यो बैंकले बिगत देखिनै सामाजिक क्षेत्रमा सहयोग पुराउदै आएको छ । काठमान्डौको हात्तिसारमा प्रधान कार्यालय भएको बैंकका उपत्यकामा मात्र ५० शाखा र ५७ वटा एटिएम काउन्टर रहेका छन् ।
उपत्यका बाहिर १३५ शाखा र १११ एटिएम काउन्टर रहेको बैंकको सुचना शाखाले जनाएको छ ।
सरल रुपमा निक्षेप तथा कर्जा र बचतको कारोवार गर्ने बैंक नेपाल राष्ट्र बैंकको ‘क’ बर्गमा सुचिकृत बैंक हो । जुन नेपाल सरकारको उद्धेश्य अनुसार ग्रामिण क्षेत्र देखि शहर सम्म आफ्नो कारोवार दु्रत रुपमा अगाडी बढाएको छ ।

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य समाचार