एम्बुलेन्स दुरुपयोग नगर्न अनुरोध


भैरहवा, १५ चैत । संयुक्त एम्बुलेन्स चालक संघ भैरहवा शाखाले बिरामी बोक्ने एम्बुलेन्सले अरु यात्रुलाई बोक्न नहुने बताएको छ । कोरोना भाईरस (कोभिड–१९) को माहामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका लकडाउनका समयमा अरु यात्रु बोक्ने सवारी साधन चल्न छोडेको बेलामा बिरामी बोक्ने एम्बुलेन्स त्यता प्रयोग भएको आंशका रहेकाले यस्तो कार्यमा कुनै एम्बुलेन्स चालक लागेमा कार्वाही गर्न सुरक्षा निकायलाई चालक संघले अनुरोध गरेको छ । एम्बुलेन्स भनेको बिरामी बोक्ने साधन भएकाले यसले आपतमा परेका बिरामी हरुका लागि प्रयोग गर्नु पर्ने भन्दै «े ट्रेड युनियन भैरहवा शाखाका सचिव श्याम मुराउले कोहि कसैले दुरुपयोग गरेका पाईएका कार्वाही गरिने बताए । उनले सुरक्षा निकायले पनि यात्रु बोक्ने एम्बुलेन्सलाई कार्वाही गर्नुपर्ने माग राखे ।

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य समाचार