लुम्बिनी ईट्टा संघको राहत कोषमा सहयोग


कमल रायमाझी
भैरहवा, १८ चैत । रुपन्देहीमा रहेका इटा व्यवासायीहरुको साझा संस्था लुम्बिनी इटा उद्योग व्यवसायी संघले प्रदेश ५ सरकारले स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा  गर्ने घोषणा गरेको छ ।


संघ प्रदेश सरकारको राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने घोषणा गरेको हो ।
संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको संघका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।
संघले राज्यलाई परेको समस्यालाई केहि मात्रा पनि मलम लगाउन सकिन्छकी भनेर आफुहरुले सहयोग गरेको संघका महासचिव अजय कुमार गुप्ताले जानकारी दिनुभयो ।
संघले प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीमार्फत प्रदेश सरकारलाई तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी माहादेव पन्थलाई सहयोग गर्ने जानकारी गराएका बताएको छ । संघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र अरुलाई बचाउन घरमै बस्न संघले आग्रह गरेको छ ।
जिल्लामा बिगत बर्ष देखिनै सामाजिक क्षेत्रमा सहयोग पुराउदै आएको इटा व्यवसायी संघले आवश्यकता अनुसार राज्य संघ सहकार्यमा अगाडी बढने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

एक लाख एघार एक सय एघार रुपैंया सहयोग गर्ने घोषणा गरेको हो ।
त्यस्तै संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताए ।
संघका अध्यक्ष थानेश्वर घिमिरेले प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीमार्फत प्रदेश सरकारलाई तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी माहादेव पन्थलाई सहयोग गर्ने जानकारी गराएका हुन् । त्यस्तै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र अरुलाई बचाउन घरमै बस्न संघले आग्रह गरेको छ ।

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य समाचार