लगडाउनको पालन गरौ


रुपन्देही, १८ चैत । बिश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन र रोकथामका लागि सरकारले गरेको लकडाउनलाई सहजरुपमा सबैले पालन गर्न प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य तथा प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले अनुरोध गर्नभएको छ ।


उहाँले यो महामारीले बिश्वलाई नै त्रासमा पारेकाले नेपालले पनि यसको संक्रमण रोक्न लकडाउन गरेको बताउनुभयो । नेपालमा बिदेश बाट आएका केहिमा यो संक्रमण देखिए पनि अर्को व्यक्तिमा हालसम्म नसरेकाले सामाजिक दुरि बढाउन सकिए रोकथाम तथा संक्रमणलाई नियन्त्रण गर्न सकिने सभापति न्यौपानेको भनाई रहेको छ ।
१००.४ एफ भन्दा माथि ज्वरो आएमा, तारन्तार खोकी लागेमा र श्वास फेर्न गाह्रो भएमा नजिकको अस्पतालमा सम्पर्क गर्न समेत सभापति न्यौपाने अनुरोध गर्नुभएको छ ।
उहाँले ज्वरो, खोकी लागेको व्यक्तिबाट टाढा बस्न, माक्सको प्रयोग गर्न, खोक्दा वा हाछ्यूँ गर्दा नाक मुख टिस्यु पेपर वा कुहिनाले छोप्न, साबुन पानीले हातधुन र स्यानिटाईजर प्रयोग गर्न आग्रह गर्नूभएको छ ।
आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरु संग डिजिटल प्रविधिको प्रयोग द्धार कुराकानी गर्दै सभापती न्यौपानेले भिडभाडमा नजान, हात नमिलाई नमस्कार गर्न, बिदेश बाट आएका मानिसहरुलाई आईसोलेसनमा बस्न उहाँले सुझाव दिनुभएको छ ।
उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कार्यकर्तालाई जनताको दुःखमा साथ दिन अनुरोध गरेकाले पनि कसैको दैनिक जिवनमा समस्या परेको भए आफुले सहयोग गर्न तयार रहेको समेत आफ्ना मतदाताहरुलाई बताउनुभएको छ ।
रुपन्देही क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित न्यौपानेले आफ्नो क्षेत्रमा गरिव, दुःखी र असाहयलाई लकडाउनको बेलामा कुनै समस्या पर्न नदिन प्रदेश सरकार, संघ संस्था र स्थानिय सरकार संग सहकार्य गरिरहेको बताउनुभयो ।

यसमा तपाइको मत

राजनीति बाट अन्य समाचार