माहामारीको आंतक


कमल रायमाझी

बिश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसले नेपालमा पनि प्रबेष गरेको छ । चिनको वुहानवाट सुरु भएको यो भाईरस अहिले युरोप र अमेरिकामा सम्म माहामारीको रुपमा प्रवेष गरेको छ । दैनिक हजारौ मानिसहरुको ज्यान लिइरहेको कोरोना –कोभिड १९ भाईरसले नेपाल लगाएतका एसियाली मुलुकमा पनि आंशिकरुपमा प्रभाव जमाउन खोजेको पाईन्छ । यसलाई रोक्नका लागि एसियाका भारत जस्ता बिशाल जनसख्या भएका देश र नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनले जनजिवन त प्रभावित बनाएकोनै छ । तर यो भन्दा बढी ठुलो आंतक कोरोना भाईरसले कतिखेर कसलाई आक्रमण गर्ने हो भन्ने चिन्ता आम जनसमुदायहरुमा श्रृजना भएको छ । जसका कारण घर छोडेर बाहिर रोजगारका लागि गएका मानिसहरु घर फर्किने क्रममा बाटो बाटोमा भेटिएका छन् । मजदुरहरु कार्यक्षेत्रमा नै रोकिएका छन् । यात्रामा निस्किएका मानिसहरु यात्राक्षेत्रमा बन्दी बनेका छन् । यस्ता मानिसहरुलाई गृह मन्त्रालयले सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सहकार्य गरेर घर सम्म पुराउन निर्देशन जारि गरेको छ । तर कार्यक्षेत्रमा खटिने कर्मचारीहरुनै कोरोनाको कारण आंतकित बनेकाले सबै सहज र सरल रुपमा अगाडी बढन नसकेको परिस्थिती हो अहिले ।
यस्तो संकटको बेलामा सबैले सहकार्य र सहयोगी बनेर अगाडी बढनु पर्ने देखिन्छ । संसारमा यस्ता माहामारी बिगतमा पनि आएको देखिन्छ । व्ल्याक डेथ चौधौ शताव्दीमा युरोपमा इपिसेन्टर बनाएर आएको महामारी हो । यस रोगका कारण पनि एक चौथाई मानिसको ज्यान गएको थियो । बिफर पनि पन्ध्रौ शताव्दीको अन्तमा माहामारीको रुपमा फैलिएको रोग हो । यसले पनि लाखौ मानिसको ज्यान लिएको पाईन्छ । बिफर संगै, हैजा, मलरिया र प्लेग रोग पनि संसार हल्लाउने महामारी हुन । जण्डिसले एक समय बिश्वमा माहामारीको रुप लिदा लाखौ मानिसको मृत्यु भएको तथ्याङक भेटिन्छ । राइन्डरपेस्ट अठारौ शताव्दी तिर युरोप तथा अफ्रिकी मुलुकमा तिर फैलिएको महामारी हो । यसले मानिसमा केहि नगरेपनि जनावर र पशुपंक्षीहरु सखाव बनाएको पाइन्छ ।
यसकारण यस्ता माहामारी बिगतमा भएका छन् । यस बाट मानव जगतले ठुलो क्षती बेहोरेको छ । हाम्रो पुस्ताले पनि इभोला तथा सास रोगले बाट भएको माहामारीको जानकारी पाएकै छ । यसकारण यस्ता संकटको बेला आंत्तिएर भन्दा पनि सोच बिचारका साथ अगाडी बढनु पर्दछ । सरकारले पनि यस्ता माहामारीको रोकथाम र नियन्त्रणमा आफ्नो देशका जनता र छिमेकी मुलुकहरु संग सहकार्य गरेर अगाडी बढनु पर्दछ ।

यसमा तपाइको मत

विचार बाट अन्य समाचार