लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक अध्यक्ष वासु गौतम विश्वभरी शान्ति फैलाउने र शान्तिप्रेमी जनसमुदायमाझ भातृत्व सिर्जना गर्ने उद्देश्यका साथ आफ्ना अभियानहरु अगाडि बढाइरहेका छन् । गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा जन्मिएका गौतमले अध्ययनको सिलसिलामा अमेरिका पुगेपछि मात्र शान्ति र बुद्धको महत्व बुझेको भन्दै यो सन्देश लुम्बिनीवासीमाझ पु¥याउन अहिले नेपाल फर्किएका छन् । लुम्बिनीमा जन्मिएर हुर्किए पनि बुद्ध दर्शनको विषयमा नबुझेका यिनले अमेरिकन र युरोपियनमाझ पुगेपछि मात्र लुम्बिनी र शान्ति अनि बु
द्ध बुझेको बताउँछन् । अमेरिकाको वासिङगटन डिसी स्थित रहेको इस्ट्रेयर युनिर्भसिटीबाट सूचना प्रविधिमा ब्याचलर डिग्री सकेर नेपाल फर्केका यीनले नेपालवाद र राष्ट्रवादलाई समेत सबै जनतामाझ पु¥याउने कोसिस गरिरहेका छन् । राजनीतिक पृष्ठभूमि भएका सिद्धार्थनगर नगरपालिकाका पूर्व मेयर डा.बलराम गौतमका सुपुत्र वासु अहिले राजनीतिवाद भन्दा पनि समाजवाद, नेपालवाद र लुम्बिनीवादलाई अगाडि बढाउन आवश्यक रहेको भन्दै जनमाझ पुगेका छन् । आफू नेपाली हुँ भन्दा गर्व लाग्छ भन्ने गौतम अमेरिकाको बसाई मात्र होइन आफ्ना अमेरिकामा बस्ने बुवा आमालाई समेत छोडेर नेपाल र नेपालीको सेवा गर्ने भन्दै नेपाल आएका छन् । छोरी अवानी र श्रीमतिका साथ समाजसेवामा होमिएका गौतम सामाजिक सद्भाव, शान्ति र समृद्धिका लागि बुद्ध दर्शन विश्वले नै उत्कृष्ट दर्शन मानेको भन्दै नेपालमा रहेका माओवाद, माक्र्सवाद, लेनिनवाद, प्रजातन्त्रवाद विदेशबाट आयातित राजनीतिकवाद भएको भन्दै अब नेपालीहरुले लुम्बिनीवाद, नेपालवाद र राष्ट्रवादमा सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्ने यीनै समाजसेवी गौतमसँग लुम्बिनीखबरको साताको संवादको लागि कमल रायमाझीसँग भएको कुराकानीमा आधारित अन्र्तवार्ता ः
लुम्बिनी विश्व शान्ति मञ्च स्थापना गर्नुको उद्देश्य के हो ?
–गौतम बुद्धको जन्मस्थान लुमिबनीलाई विश्वभरी चिनाउन र विश्वभरी रहेका शान्तिकामी जनसमुदायहरुलाई र नोबेल शान्ति पुरस्कार विजेताहरुलाई लुम्बिनीसम्म ल्याईपु¥याउने शान्तिपूर्ण अभियानको साझा थलोको विकास गर्ने उद्देश्य सहित यो संस्था स्थापना गरिएको हो ।
स्थापनासँगै यहाँले कस्ता कामहरु समाजमाझ पस्किनुभएको छ ?
–हो, स्थापनासँगै हामीले सामाजिक सद्भावलाई मुख्य केन्द्रमा राखेर आफ्ना कामहरु अगाडि बढाईरहेका छौँ । भूकम्प पीडितमाझ गएर भातृत्वको स्नेह मात्र देखाएनौँ की उनीहरुको दुःखमा समेत हामीले साथ दियौँ । राजनीतिक दलका युवा नेता महेश बस्नेत, लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री, गगन थापा, मनिष सुमन जस्ता नेताहरुलाई एक मञ्चमा राखेर नेपालवादको विषयमा अन्र्तक्रिया चलायौँ । मिथिला कलाको प्रदर्शनी, नेपालमा बस्ने सबै नेपाली हो भन्ने अभियानलाई समाजको प्रत्येक घर–घरसम्म हामी पुगेका छौँ । सकारात्मक सोचका साथ समाज परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्य स्थानीय स्तरसम्म हामीले पु¥याएका छौँ ।
संस्थाको उद्देश्य पुरा गर्नका लागि यहाँले कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ?
–हो । संस्था स्थापना गर्नु महत्वपूर्ण होइन यसले गर्ने कामहरु नै महत्वपूर्ण हुन् । मैले संस्था स्थापनासँगै राजनीतिक मिसनमा लागेका युवा नेताहरुलाई सामाजिक मिसनमा ल्याउने उद्देश्यका साथ विगत ७ वर्षदेखि काम गरिरहेको छु । अहिले नेपालमा संविधान जारी भएपछि सद्भाव वर्षको रुपमा समेत हामीले मनाइरहेका छौँ । देशमा भएको मधेस आन्दोलन, जनजाति आन्दोलन, राजनीतिक अस्थिरता, समाज भड्कावको स्थिति अन्त्यको लागि समेत हामीले आफ्ना योजनाहरु अगाडि सार्दै कार्यान्वयन समेत गर्दै गइरहेका छौँ । यो अभियानमा पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व प्रधान न्यायधिश तथा पूर्व मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मी समेत सहभागी हुनुहुन्छ । मधेस केन्द्रित दलका युवा नेताहरुलाई अगाडि बढाउने कोसिस गरिरहेका छौँ । आपसमा मितेरी कार्यक्रमको निरन्तरता, सद्भाव केन्द्रित कार्यक्रम, लुम्बिनी आर्ट क्याम्प संचालन, क्रिकेट प्रतियोगिता, कला र साहित्यलाई समेत समाज परिवर्तनको हतियारको रुपमा आफ्ना योजनाहरु तयार पारेका छौँ ।
यहाँले लिएको उद्देश्य समाजले महशुस गर्ने गरी कहिले पाउँछ होला ?
–यहाँले सही प्रश्न गर्नुभयो । राष्ट्रप्रेमले निर्देशित सकारात्मक सोचमा समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने हामीले बुझेका छौँ । नेल्सन मण्डेलाले विश्व परिवर्तनको सोच लिएका थिए । यसैले हाम्रो अभियानमा नेपालका राजनीतिक दल, नागरिक समाज, पत्रकारिता जगत र विभिन्न सामाजिक संघसंस्थाले साथ दिइरहेका छन् । यो क्रमगत रुपमा परिवर्तन हुँदै जान्छ । राजनीतिक दलहरुले लिएको अतिवादको विचार अन्त्य गर्दै नेपालवादको बाटोमा अग्रसर हुँदै गएमा छिट्टै नै समाजले महशुस गर्न पाउनेमा हामी आशावादी छौँ ।
खास यहाँहरुले समाजलाई के दिन चाहनुहुन्छ ?
–नेपाल अहिले राजनीतिक अस्थिरता, द्वन्द्व, सामाजिक भड्काव, जातिय द्वन्द्व जस्ता कुराहरुले ग्रसित छ । यो देशमा राजनीतिक वादका नाममा माक्र्सवाद, लेनिनवाद, प्रजातन्त्रवाद जस्ता अतिवादहरुले जरो गाडिसकेका छन् । हामीले बिल्कुलै यी वादभन्दा फरक रहेर तर देशको मुख्य कडीको रुपमा रहेका राजनीतिक दलहरुसँग सहकार्य गर्दै शान्ति, समृद्धि र विकास जस्ता कुराहरु समाजलाई दिन चाहन्छौँ ।
यहाँका धेरै कुराहरु लुम्बिनीलाई जोडेर आएका छन् । लुम्बिनीलाई जोड्नुको कारण के हो ?
–म लुम्बिनीमा जन्मिएपनि यसको विषयमा अमेरिकामा पुगेर मात्र मैले थाहा पाएँ । जहाँ शान्ति छ, त्यहाँ बुद्ध हुन्छन् त्यसैले लुम्बिनी र बुद्धले मलाई प्रेरित गरेको छ । अब हामी लुम्बिनीवादलाई मुख्य केन्द्रविन्दु राखेर अगाडि बढ्यौँ भने र लुम्बिनीवासीलाई लुम्बिनीको महत्व बुझायाँै भने विश्वले मानेको दर्शन नेपालले मान्नेछ । नेपालको विकास हुनेछ भन्ने सोचका साथ अगाडि बढाइएको हाम्रो अभियानका कारण पनि मैले लुम्बिनीलाई सम्झिरहेको छु ।
अमेरिका पुगेका नेपालीहरु खासै फर्किँदैनन् तर यहाँ फर्किनुभयो । समाजसेवाको लागि मात्रै हो कि अरु स्वार्थ पनि रहेको छ ?
–मेरो व्यक्तिगत स्वार्थ हुन्थ्यो भने म अमेरिकामै बस्थेँ । जहाँ पुगेपछि जो कोही पनि आफ्नो देश फर्किन चाहन्न । समाजवाद र नेपालवादले मलाई आफ्नो व्यक्तिगत स्वार्थ त्याग्न बाध्य बनायो । युएनको जागिर छोड्न प्रेरित बनायो । अहिले म सडकमा शान्ति, समृद्धि र बुद्धको विषयमा आफ्नो अभियान लिएर नेपालीमाझ पुगेको छु । यो नै मेरो लागि सबैभन्दा ठूलो स्वार्थ हो । जहाँ नेपाली शान्तिले बाँच्न पाउन्, नेपालको विकास र यहाँको समृद्धि सबै नेपालीले महशुस गर्न पाउन् ।
सामाजिक क्षेत्रमा लाग्न यहाँ कहाँबाट प्रेरित हुनुभयो ?
–म अमेरिकाजस्तो विश्वको विकसित देशमा रहेर अध्ययन गरेँ । त्यहीँ जागिर गरेँ । जहाँ मानिसहरु राज्यबाट सुविधाभोगी बनेका छन् । तर नेपाल र नेपाली विश्वको गरिब र विकासोन्मुख देश भएर चिनिनुपरेको छ । हो मलाई यसैले प्रेरित ग¥यो र म नेपाल फर्किएँ । मैले नेपाल र नेपालीका लागि केही गर्नुपर्छ भन्ने सोच बनाएर यो अभियानमा निरन्तर लागिरहेको छु । वास्तवमा म आफू र आफ्नै देशबाट प्रेरित भएर सामाजिक क्षेत्रमा लागेको हुँ ।
यहाँले सामाजिक सद्भावको लागि गर्न लागेको क्रिकेट प्रतियोगिता शान्ति र सद्भाव सिर्जना गर्न कत्तिको महत्वपूर्ण हुन्छ होला ?
–समाज परिवर्तनको निमित्त हामीले एउटा हतियारको रुपमा खेलकुदलाई अगाडि सारेका हौँ । यो खेलकुद प्रतियोगिताले भैरहवा, टिकापुर, नेपालगंज, वीरगंज, जनकपुर, राजविराज र विराटनगरमा सामाजिक सद्भावका साथ राष्ट्रिय खेलाडीहरुले आफ्नो खेल प्रस्तुत गर्नेछन् । जहाँ स्थानीयहरुको समेत सहभागिता हुनेछ । नागरिक एकअर्काप्रति सम्मानित र विश्वासी हुन समेत आवश्यक यो क्रिकेट प्रतियोगिताले देखाउँछ ।
अन्त्यमा ?
–नेपालको विकासमा नेपालवाद र लुम्बिनीवाद सबैले भित्रैदेखि सम्झिनुहोस् । नेपालको विकास र समृद्धि छिट्टै अगाडि बढ्नेछ । सामाजिक सद्भाव भड्काउने कार्यहरु कसैले नगर्नुहोस् हामी सबै नेपाली हो । पहिले नेपाललाइ सम्झिउँ अनिमात्र आफूलाई सम्झिउँ ।
वासु गौतम
अध्यक्ष, लुम्बिनी विश्व शान्ति मञ्च