
कमल रायमाझी
भैरहवा,१२ बैशाख । फेसबुकको बहुचर्चित समुह ‘मेन्स रुम रिलोडेड’(एमआरआर) ले आइतवार भुकम्प पिडितको सम्झनामा भैरहवाको बुद्धचोक देखी लुम्बिनी गेट सम्म व्यानर प्रर्दशन गरेको छ ।
ग्रुपले सरकारको समेत ध्यानकर्षण समेत गर्ने उद्धेश्य राखेको देखिनथ्यो ।जसमा महिलाहरुको फेसवुक समुह ‘वोमन्स रुम रिलोडेड’ (डव्लुआरआर) को समेत सहभागिता रहेको थियो ।
व्यानर प्रदर्शनमा विभिन्न सन्देश मुलक शव्दहरु समेत लेखिएको थियो । जसमा ‘हामी नेपाल लाई हाइटी वन्न दिदैनौ’, ‘ जनताले राहत कहिले पाउने, भत्केको छाना कहिले छाउने ’, ‘हाम्रो सरकार खै कता हरायो, दिउसै टर्च वाल्ने गरायो’,‘भुकम्प पिडित भयौ सरकार, पिडित नवनाउनुस’, ‘सक्दैनौ भने पुर्ननिर्माण सरकार ,देउ युवालाई जिम्मेवार’,भन्ने नारा लेखेका प्लेकार्ड समेत बोकेर युवायुवतीहरुले प्रदर्शन गरेको एमआरआरका सदस्य हेमन्तराज जोशीले वताए ।
