लुम्बिनीखवर
भैरहवा, जेठ । रुपन्देही सदरमुकाम सिद्धार्थनगरमा केन्द्रिय कार्यालय स्थापना गरी सञ्चालनमा आएको पहिलो बिकास बैंक पूर्णिमा विकास बैंक नवौ बर्ष प्रबेश गरेको छ ।

२०६५ जेष्ठ ७ गते स्थापना भई बैंकिंग कारोबार सुरुवात गरेको पूर्णिमाको कार्य क्षेत्र रुपन्देही, नवलपरासी र चितवन हो ।
बैंकको सिद्धार्थनगरमा केन्द्रिय कार्यालय सहीत रुपन्देहीकै भलवारी, ड्राईभरटोल, बुटवल, सुर्यपुरा, धकधई ,नवलपरासीको रामग्राम र चितवनको नारायणगढमा शाखा कार्यालय मार्फत ४० हजार ग्राहकले बैंकिंग सेवा पाएका छन् ।
अधिकृत पुंजी ५० करोड रहेको बैंकको जारी पुंजी ३० करोड २५ लाख ६३ हजार ७८ पैसा १३ रहेकोमा हाल समम चुक्ता पुजी २० करोड १७ लाख ८ हजार ७ सय १८ रुपैया रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुंगले बताए ।
बैंकले छिटै २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने र त्यसपछी चुक्ता पुजी ३० करोड २५ लाख ६३ हजार पुग्ने गुरुंगले जनाए ।
बैशाख मसान्त सम्म बैंकले ६ करोड ९८ लाख ६४ हजार ९ सय सञ्चालन मुनाफा आर्जन गरेको छ भने मोबाईल बैंकिंग सेवा प्रयोगकर्ता ग्राहक १० हजार छन् ।
बार्षिक उत्सबको अबसरमा बैंकले सामाजिक उत्तरदायीत्व अन्तरगत बिभिन्न सामाजिक कार्यक्रम गर्ने अध्यक्ष राजु नारायण श्रेष्ठले बताए ।