logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    घोगी र माछा खान तछाडमछाड


    १४ मंसिर २०७५ , शुक्रबार

    घोगी र माछा खान तछाडमछाड

    लुम्बिनीखबर

    मणिग्राम, मंसिर  । नजिकै करिब ३० मिटर उत्तरको खुल्ला चौरमा कुस्तीबाजहरुको प्रतिसपर्धा चलिरहेको छ । सोही मैदानको दक्षिण तर्फ एउटा सामन्य टेन्टभित्र घोगी, गंगटा र झोल माछा खाने सर्वसाधरणको तछाडमछाड चलिरहेको छ । लाठी, झर्रा नाचमा पीडुंला मर्काउदैं थारु युवा युवतिहरु नाचिंरहको दृश्य मोबाईल , क्यामरा र मन भित्र कैद गर्नेको भीड पनि उत्तिकै छ ।

    बाहिर थारु अगुवाहरु सखिया थारु सामुदायीक होम स्टे लेखेको त्रिपाल भित्र सर्वसाधरणलाई स्वागत गरिरहेका छन् । यो दृश्य तिलोत्तमा औद्योगिक व्यापार मेला, कृर्षि तथा पर्यटन महोत्सव २०७५ मा केहि दिन देखीरहेकोछ ।

    महोत्सवमा थारु समुदायको संस्कृति र खानाको परिकार एकै ठाउमा पस्कीरहेका उनीहरु दर्शकको माया र सद्भाबबाट झनै हौसीएका छन् ।

    शिक्षकको जागिर छाडेर आफ्नै समुदायको संस्कृति र संस्कार संरक्षण तथा प्रबद्र्धन गरी सामुहिक आयआर्जनमा लागेका राजेन्द्र थारु भन्छन्, ‘शिक्षक भएर पढाउदां मेरो मात्रै आर्थिक अवस्था सुदृढ हुन्थयो तर म होम स्टेको एउटा सदस्यको नाताले थारु संस्कृति र परिकार मार्फत आय आर्जन गर्ने सामुहिक अभ्यास मार्फत समाजको प्रगति हेर्न लागी परकेो छु ‘

    घोगी, गंगटा र झोल माछा ,माछा फ्राई, लोकल कुखुराको मासु, ढिकरी, पत्उसनी, अनदीको भुजा बेच्न थारु पोशाकममा सजिएका युवतिहरुको आत्मीयता साच्चिकै स्मरणीय भएको स्टलमा भेटिएका ग्राहकरुले एकै स्वरमा बताए । उनीहरुले भने , ‘यहांको खाना, थारु दिदीबहिनीको स्वागत र नांच स्मरणीय छन् । ’

    झर्रा, झुमरा, जोगिया, लाठी नांचको बेजोड प्रस्तृति रहेको उक्त स्टलको प्रस्तुति गनेमनेका कलाकारले ५० मिटर अगाडी झकिझकाऊ स्टेचमा दिने दैनिक प्रस्तृति भन्दा कम आकर्षकको छैन । उक्त नांच हेर्न र खाना खान करिब ५ हजार दर्शक आएको र तीनीहरुबाट दैनिक १० हजार आम्दानी भईरहेको होमस्टे सन्चालक सदस्य घनश्याम थारुले जनाए । हरिनारयण थारुको नेतृत्वमा सन्चालित उक्त होमस्टे तिलोत्तमा नगरपालिका वडा नम्बर १३ सेमरीमा व्यवस्थीत ढंगले सन्चालनमा आउदैंछ । तिलोत्तमा नगरपालिकाले चालु वर्षमा ५० लाख रकम विनियोजन गरी होम स्टे मार्फत पर्यटक भित्राउने र थारु समुदायको जिवनस्तर उकास्ने योजना अगाडी सारेकोमा थारु अगुवा घनश्याम थारु औधी खुसी छन् । मंसिर ६ गते मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरको महोत्सव १८ गते सम्म चल्नेछ । अहिले सम्म महोत्सव अवलोकन गर्न ४५ हजार दर्शक आईसकेको महोत्सव मुल आयोजक उद्योग व्यापार संगठन रुपन्देही अध्यक्ष नारयण प्रसाद भण्डारीले जनाए

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.