logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    खानको हत्यामा श्रीमतीको संगलनता


    १९ चैत्र २०७५ , मंगलबार

    खानको हत्यामा श्रीमतीको संगलनता

    कमल रायमाझी
    भैरहवा, १९ चैत ः बुटवलको मैनाबगर स्थित ज्योती मोटरवर्कसप एण्ड इन्जिनियरिङमा प्राविधिकको रुपमा कार्यरत भारतिय नागरिक फिरोज खानको हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको रुपन्देही प्रहरीले बताएको छ ।
    खानको हत्याको योजनाकार उनकी श्रीमती साहिना खातुन रहेको र खानको गोलि हानि हत्या गर्ने खातुनका सहोदर भिनाजु कादीर अन्सारी भएको रुपन्देही प्रहरीको अनुसन्धानमा खुलेको देखिन्छ ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सुचना शाखाले जानकारी दिए अनुसार – मृतक खानकी श्रीमतीको आफ्नै भिनाजु संगको प्रेम सम्वन्ध रहेको र प्रेम सम्वन्धलाई बिवाहमा परिणत गर्नका लागी खानको हत्या गरिएको खुल्न आएको हो ।
    गोलि हानि हत्या गर्ने अन्सारीको श्रीमतीको मृत्यु पश्चात खातुनलाई बिवाह गर्नका लागी उनले खानको हत्या गर्न बिहार बाट भारतिय मोटर साईकलमा नवलपरासी त्रिबेणी हुदै बुटवल आएर कटुवा पेस्तोल मार्फत गोलि हानेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ह्रदय थापाले बताउछन् ।
    उपरिक्षक थापा भन्छन्, गोलि हान्ने अपराधी पुन भारत फर्किएकाले उसलाई नियन्त्रणमा लिन केहि समय लागे पनि हत्याको योजनाकार खातुनलाई अनुसन्धान सकिए पछि अदालतमा पठाईने छ ।
    भारत बिहार प्रदेश, पश्चिम चम्पारण बेलिया जिल्ला महाटोल स्थायी घर भएका ४३ बर्षीय मृतक खान विगत लामो समय देखी बुटवलमा श्रीमती र २ छोराका साथमा बस्दै आएका थिए । उनको बुटवल उपमहानगरपालिका वडा नम्बर १ स्थित मैना बगरमा चैत १३ गते कटुवा पेस्तोल मार्फत गोलि हानि हत्या गरिएको थियो ।
    खानका मृत्यु संगै उनका १२ बर्षीय र १४ बर्षीय दूई छोराहरुको समेत लालन पालनमा समस्या देखिएको छ ।
    पुरीको हत्यारालाई ज्यान मुद्धा
    रुपन्देही प्रहरीले देवदह नगरपालिका वडा नम्बर ५ का अनिष पुरीको हत्या गर्ने १२ जनालाई पक्राउ गरि कर्तव्य ज्यान मुद्धामा अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता प्रहरी नायव उपरिक्षक धर्म भण्डारीले बताएका छन् ।
    १२ जना मध्य ४ जना नाबालक भएकाले उनिहरुलाई बालसुधार गृहमा पठाइने र बाकी ८ जनालाई कर्तव्य ज्यान मुद्धा दर्ता गरिने प्रहरी नायव उपरिक्षक भण्डारीले जानकारी दिए ।
    फागुन २६ गते देवदह नगरपालिका घोडाहा स्थित संगमपथमा साथीहरु संगै राजमार्ग तर्फ जानेक्रममा पुरीलाई स्थानिय आकास थापा मगर समेतको टोलिले पुर्व रिसईवीका कारण आपसमा लडाई गर्दा हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
    बृद्ध पनि हत्यारा
    लम्जुङका ३० बर्षिया हरि वहादुर पाण्डेको हत्यामा कास्कीका ६७ बर्षिया बल बहादुर सुनार रहेको खुलेको छ ।
    चैत १ गते वुटवल उपमहानगरपालिका वडा नम्बर ११ बुद्धनगर स्थित तिनाउ खोलाको बगरमा हत्या गरि फालिएका पाण्डेको हत्यारा ६७ बर्षिय बृद्ध सुनार रहेको रुपन्देही प्रहरीले जानकारी दिएको हो ।
    बृद्ध सुनारले यार्सा गुम्बा कारोवार गर्न भनि बुटवलमा ल्याई योजनाबद्ध रुपमा पाण्डेको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देही अनुसन्धान अधिकृत प्रहरी निरिक्षक उमेश जोशीले बताउछन् ।
    हत्या पछि सुनारले मृतक पाण्डेको साथमा रहेका ४ लाख रुपैया सम्म लुटि लगेको समेत प्रहरीको अनुसन्धानमा देखिएको छ ।
    हत्या र अपराधको बढदो रुपलाई न्युनिकरणका लागेको रुपन्देही प्रहरीका लागि चुनौतीका रुपमा थपिएको यस्ता अपराधहरुले समाजमा समेत त्रास फैलाएको छ । स्थानिय जनप्रतिनिधि तथा सरोकारवाला निकाय र सुरक्षाकर्मीहरु बिचको समन्यमा यस्ता अपराधहरु समयमा नै न्यनिकरण गर्न तर्फ लाग्नु पर्नेमा समाजशास्त्रीहरुले समेत सुझाब दिने गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.