logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    श्रीमती नै काल बनेर आएपछि……


    २४ चैत्र २०७५ , आइतबार

    श्रीमती नै काल बनेर आएपछि……

    रुबिना थापा मगर

    भैरहवा, चैत । १३ वर्ष अघि उनले विवाह गरेका थिए । उनको विवाह परिवारको आपसी सहमतिमा बडो धुमधामका साथ भएको थियो । विवाह भन्दा पहिला श्रीमतीसँग उनको भेटघाट नभएको भएपनि विवाह पछि भने उनीहरुको माया प्रेम निकै गहिराइमा पुगेको थियो ।

    सामूहिक परिवारमा बस्नु पर्दा उनलाई आनन्द आएपनि श्रीमतीले भने अलि दुःख भएको कुरा उनलाई पटक पटक सुनाउने गर्थिन् । यसै क्रममा उनको जेठो छोराको जन्म भयो । यसले झन उनी दुईमा सामिप्यता बढाउनुका साथै परिवारमा खुसियाली छाएको थियो ।

    यो कुरा १२ वर्ष पहिलाको हो । जेठो छोरा दुई वर्ष भएपछि र कान्छो छोरा भर्खर जन्मिएको बेला श्रीमतीले उनको परिवारसँग बस्न गाह्रो मानेपछि श्रीमती कै सल्लाहमा दुई छोरा, श्रीमती र आफू भएर भारतको विहारबाट नेपालको बुटवल उपमहानगरपालिका वडा नम्बर १ मैना बगर आएका थिए फिरोज खान ।

    बुटवल मैनाबगर स्थित ज्योति मोटर वर्कसप एण्ड इन्जिनियरिङमा विगत लामो समय देखि मिस्त्रीको रुपमा कार्यरत खानका लागि यही चैत १३ गते श्रीमती नै काल बनेर आएपछि उनको जीवनलीला समाप्त भयो । चैत १३ गते साँझ पनि आफ्नो नियमित काम सिध्याएर छोराछोरी र श्रीमतीका लागि खानेकुरा पोको पारी आफ्नो कोठा तिर जाँदै थिए । कोठाको नजिकै पुग्दा श्रीमतीले हेरिरहेकी थिइन् । छोराहरु कोठा भित्र बाबा आउने प्रतिक्षामा थिए । श्रीमतीलाई हेरेर ठोकिएको उनको मायालु मुस्कान एकै सेकेन्डमा ध्वस्त भयो । जब उनलाई कसैले पछाडिबाट कटुवा पेस्तोलले गोली हानी हत्या ग¥यो ।

    लाउँ लाउँ र खाउँ खाउँ उमेरका दुई नाबालक छोराको भविष्य अन्धकार र टुहुरो बनाउँदै उनको जीवन सिध्याउने योजनाकार अरु कोही नभएर विगत १३ वर्ष देखि सँगै जिउने र मर्ने कसम खाएकी उनकी धर्मपत्नी साइना खातुन थिइन् । श्रीमती खातुनको योजनामा उनको जीवन समाप्त गरिएको थियो ।

    प्रहरीले यसको अनुसन्धान गर्दै जाँदा कुरा त यस्तोसम्म भेटियो कि जुन अकल्पनीय छ । साइनाले आफ्नो सहोदर भिनाजु कादिर अन्सारीसँगको प्रेम र अवैध सम्बन्धलाई विवाहमा परिणत गर्नका लागि फिरोजको जिन्दगी उडाइएको रहेछ । अनुसन्धान भन्छ, बिहान ११ बजे देखि साँझ ७ बजे सम्म साइनाले भिनाजु कादिरसँग दर्जनौँ पटक फोनमा सम्पर्क गरेको सिग्नल देखिन्छ ।

    फिरोजलाई कहाँ, कसरी र कति बेला हत्या गर्ने सबै योजना साइनाले बनाएर भिनाजुलाई निर्देशन दिने गरेको प्रमाण प्रहरीले भेटाएको छ । यो घटना दुःखद देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापा बताउँछन् । प्रहरी प्रमुख थापा भन्छन्, “बिहान विहारबाट त्रिवेणी हुँदै नेपाल प्रवेश गरेका कादिर साँझ फिरोजको हत्या पछि पुनः उही बाटो प्रयोग गरी विहार फर्किएका छन् ।

    यसरी भिनाजु सँगको अवैध सम्बन्धका कारण एक इमान्दार, कर्तव्यनिष्ठ व्यक्तिको ज्यान जानु निकै कष्टपूर्ण रहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत उमेश जोशी बताउँछन् । फिरोजले काम गर्ने वर्कसपका सञ्चालकले समेत फिरोज निकै इमान्दार असल, सोझो र कुनै छलकपट नभएको व्यक्ति मारिनु समाज बिखण्डनको उदाहरण भएको भन्दै आफ्नो परिवार र वर्कसप परिवारलाई समेत यस घटनाले ठूलो चोट पु¥याएको बताउँछन् । उनी बस्ने निवासका छिमेकीहरुले समेत फिरोज राम्रो, मिलनसार, कसैसँग झैभगडा नगर्ने परिवारलाई निकै माया गर्ने व्यक्तिको यसरी हत्या हुनु सबैका लागि सोचाई भन्दा परको विषय भएको बताउँछन् ।

    बुवाको मृत्यु भैसकेका फिरोजको घरमा एक विधवा रोगी आमा र सहोदर दाजु मात्र रहेका छन् । उनीहरु समेत यस घटनाबाट निकै विक्षिप्त बनेको कुरा घटना बुझ्न नेपाल आउने आफन्तहरुले बताउने गरेका छन् ।

    लामो समय देखि निकै मेलमिलाप र प्रेममा रहेको खान दम्पतीमा श्रीमती नै काल बनेर आएपछि हाम्रो समाज कतातिर गइरहेको छ भन्ने कुरा यस घटनाले सोच्न बाध्य बनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.