logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    बिकास बिरोधीलाई परास्त पारिने ः अध्यक्ष कार्की


    ६ जेष्ठ २०७६ , सोमबार

    बिकास बिरोधीलाई परास्त पारिने ः अध्यक्ष कार्की

    रुबिना थापा मगर
    बल्ढेङगढी (पाल्पा), ६ जेठ । रैनादेबी छहरा गाउँपालिकाका प्रमुख राम बहादुर कार्कीले स्थानिय तहमा हुने बिकासहरुको बिरोध गर्न तत्वहरुलाई परास्त पार्ने बताएका छन् ।
    उनले बिकासका बजेटहरु लिएर गाउँ जादा कमिशन तथा दलालहरुले अवरोधका प्रयास गर्ने गर्दा काम गर्न असहजता थपिएको बताउदै बडापालिकाहरुको सहकार्यमा यस्ता अवरोधहरुको अन्त्य गर्ने उत्घोष गरेका हुन् ।


    उनले भने, “ बिकास गर्न खोज्यो केहि न केहि खोचे थापेर अबरोध गर्ने तत्वहरुले कमिसन र कमसल कामहरुको बढवा दिने हुदाँ यस्ता कार्यलाई निमिट्यान पार्न गाउँपालिका तयार रहेको छ ।”
    पश्चिम पाल्पाको बिगट गाउँ बल्ढेङगढी रहेको बलिराजाको दरवार सम्म जाने मोटर बाटोको उद्धघाटन गर्न पुगेका प्रमुख कार्कीले बिकास निर्माणमा नकारात्मक होईन सकारात्मक सोचका साथ सबैले गाउँपालिकालाई सहयोग गर्नु पर्ने बताए ।
    उनले आफ्नो गाउँपालिका नेपालकै नमुना गाउँपालिका बनाउने बाटो तर्फ आफ्नो ध्यान केन्द्रित रहेकाले जनताले आफुलाई दिएको बिस्वास पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
    इमान्दार तथा शिक्षित नेताको रुपमा चिनिने गाउँपालिकाका प्रमुख कार्कीले कुनै राजनितिक पुर्वाग्रही बिना जनताको पक्षमा काम गर्नेमा आफू दृढ रहेको कुरा मोटर बाटो उद्धघाटन कार्यक्रममा बताए ।
    कार्यक्रममा बोल्दै रैनादेबी छहरा गाउँपालिका बडा नम्बर ७ का वडा अध्यक्ष तथा युवा नेता देबेन्द्र पुनले हिजोको मानसिकता केहि मानिसहरुमा हुदाँ जनताको पक्षमा काम गर्दा पनि बिभिन्न आरोपहरुको सामना गर्नु परेको गुनासो गरे ।
    उनले गाउँमा भएका युवाहरु रोजगारका लागि बाहिर छन् बाटो खन्नु परेयो जनशक्ति छैन , आएको बजेट फ्रिज हुने प्रकृयामा छ, भनेर छिटो र छरितोका लागि प्रविधियुक्त मेसिन, औजार प्रयोग गर्दा बिकाससै रोक्ने किसिमले हामी माथी आक्रमण हुन्छ भन्दै बिकासमा अवरोध गर्ने तत्वहरुको सवै मिलेर अन्त्य गर्न पर्ने बताए ।


    बिद्युत बिस्तारका लागि बजेट बिनियोजित गरिएको छ तर तार टाङदा एका दुई रुखहरु काटिए भन्दै रोइलो गर्नेहरुले बिकासमा अवरोध पुराएको भन्दै अग्रगामी सोचका साथ अगाडी बढदा केहि बिनास पनि हुने हुदा यस्ता कुरालाई प्रश्रय दिन नहुने कुरामा वडा अध्यक्ष पुनले जोड दिए ।
    जनताको स्वार्थमा काम गर्दा बिरोध गर्नु राम्रो नभएको भन्दै वडा अध्यक्ष पुनले गलत गर्दा बिरोध गरे आफुहरु सच्चिन तयार भएपनि राम्रो काम गर्दा पनि बिरोध गर्नु यस क्षेत्रको दुर्भाग्य भएको दुखेसो व्यक्त गरे ।
    कुनै राजनितिक भेदभाव बिना आफुहरु गाउँको बिकासमा जुटेकाले सवैले यसमा साथ दिएमा बलिराजाको गाउँ स्वर्णिम बन्ने पक्का भएकाले बिरोध गर्नेहरुले बिकास नचाहेको पनि उनले बताए ।
    ऐतिहासिक महत्व बोकेको बलिराजाको दरवार र यसले चर्चेको क्षेत्रको बिकासमा बडापालिकाले गुरुयोजना बनाएर अगाडी बढने सोच रहेकाले यसको लागि बल्ढेङगढी बासी एकजुट हुनुपर्नेमा वडा अध्यक्ष पुनले जोड दिए ।
    स्थानिय बल्ढेङगढी बासी तथा राजनितिक दलका नेताहरु र बुद्धिजिविहरुको सहभागि रहेको मोटर बाटो उद्धघाटन कार्यक्रममा राजा बलिहाङको समेत चर्चा गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.