लुम्बिनीखबर भैरहवा, असार ।
कुनै समय मा.वि. तहको शिक्षा पछि उच्च शिक्षा अध्ययन गर्न बुटवल र काठमाडाँै धाउनु पर्ने बाध्यता थियो भैरहवाका विद्यार्थीहरुलाई । उच्च शिक्षा अध्ययन गर्नको लागि कलेजहरु त केही मात्रामा थिए तर गुणस्तरीय प्राविधिक शिक्षामा भने भैरहवा पछाडि देखिन्थ्यो तर अहिले यसमा ठूलो परिवर्तन भएको छ ।
नेपालकै विकसित र पूर्वाधारमा सम्पन्न बन्दै गइरहेको भैरहवा अहिले शिक्षामा पनि अब्बल बन्दै अगाडि बढेको देखिन्छ । आर्थिक रुपमा समेत सम्पन्न बनिसकेको भैरहवाले शिक्षा क्षेत्रलाई पनि गुणस्तरीय र प्राविधिकलयमा ढाल्न सक्न भैरहवा बासीका लागि गर्भको विषय बनेको छ । अहिले भैरहवामा नेपालकै उत्कृष्ट कलेज भित्र पर्ने उच्च मा.वि.हरु रहेका छन् । जसमा व्यवस्थापन संकाय, शिक्षा संकाय , विज्ञान संकाय र प्राविधिक तहका कक्षाहरु सहज रुपमा विद्यार्थीहरुले पढन पाएका छन् । हिजो एईई पछि राम्रा कलेजहरु खोज्नको लागि बुटवल काठमार्डाै धाउने यहाँको अविभावक स्थानीय क्षेत्रमा लोकप्रियता कमाइरहेका सामुदायी देखि नीजि स्तरबाट सञ्चालित कलेजहरुमा जाने गरेका छन् । भैरहवामा सरकारी तहका ंद्द हरुले पनि राम्रो नतिजा पाईरहेको अवस्थामा निजी क्षेत्रबाट सञ्चालित कलेजहरुले पनि काठमाडौँ र बुटवल सहरको सुविधा प्रदान गरिरहेको शिक्षाजिवद्हरु बताउछन् । भैरहवामा एसईई पछि अध्ययन गर्न सकिने प्राविधिक ल्याबदेखि भेटेनरी र कम्प्यूटर इन्जिनीयरिङ्ग र सिभिल ईन्जिनीयरिङ्ग सम्मका कक्षाहरु अहिले भैरवा क्षेत्रमा सञ्चालनमा आइरहेका छन् । जसका कारण हिजो घर छोडेर बाहिर जानुपर्ने विद्यार्थीहरुलाई आफ्नो घर आगनमा प्राविधिक शिक्षा अध्ययन गर्न पाउने खुसीको विषय बनेको छ । भैरहवामा नीमाप्रतिमा कलेजले ल्याब टेक्निसिएन र ल्याबको प्राविधिक विषय पढाउदछ भने भैरवाकै सरकारी विद्यालय सु – संस्कृत मा.वि.ले कम्प्यूटर इन्जिनीयर र धकधईमा रहेको श्री राम नरेश आदर्श मा.वि ले सिभिल इन्जिनीयरको कक्षाहरु पढाइरहेको शिक्षा विकास तथा समन्वयका इकाई कार्यलाय भैरहवाले जानकारी दिइएको छ । भैरहवाकै समुदायिक विद्यालय भैरहवा नमुना मा.वि. ले विज्ञान विषयमा उच्च शिक्षा प्रध्यापन गराउदछ भने साइ ग्लोबल मा.वि. ले समेत अत्याधुनिक ल्याबको व्यवस्था सहित प्रयोगात्मक र सैद्धान्तिक पक्षलाई समेटेर विज्ञान विषमा उत्कृष्ट नतिजा दिई रहको साइ ग्लोबलका अध्यक्ष हरि थापाले बताउछन् ।
व्यवस्थापन संकायमा समेत अब्बल मानिदै आएको भैरहवामा काशी नोबल एकडेमीले अत्याधुनिक वातानुकुत कक्षाकोठा, प्रयोगात्मक कक्षा र व्यवहारिक पक्षलाई समेटेर विद्यातर्थीहरुलाई पढारहेको काशी नोबल एकेडेमीका प्राचार्य राजेद्र प्रसाद घिमिरे बताउछन् । त्यस्तै भैरहवाका मुनलाइट मा.वि., नालान्दा मा.वि., सनसाइन मा.वि. , बृहस्पति मा.वि. , यूनिक होम इङ्गलीस हाइ स्कुल ,गरी निजी क्षेत्रबाट सञ्चालित उत्कृष्ट कलेजहरु हुन् । श्री लीलाराम उच्च मा.वि., भानु उच्च मा.वि. बाल बहिर उच्च मा.वि. समुदायिक कलेज मध्येका अब्बल रहेको स्थानीय बुद्धिजीबीहरु बताउछन् । भैरहवा निजी र सरकारी क्षेत्रबाट सञ्चालित कलेजहरुका कारण शिक्षाले मुहार फर्दै गरेको देखिन्छ । अहिले भैरहवाले एसईई मा पास भएका मध्ये ५०% विद्यार्थीहरुलााई स्थानीय स्तरमा गणस्तरीय शिक्षामा दिन सफल भएको देखिन्छ । हिजो यो संख्या निकै न्यून रहेको देखिन्छ । शिक्षाविद् मणिराम भट्टराईका अनुसार भैरहवा क्षेत्रमा अहिलेको शिक्षा प्रधान गर्ने तरिका आधुनिक प्रविधिमय भएकोले विद्यार्थीहरु कम मात्रै बाहिर जाने गरेको बताउछन् । अझ पनि भैरहवा शैक्षिक व्यक्तित्वहरुले गुणस्तरीय शिक्षालाई ध्यान दिएर अगाडि बढ्ने हो भने भैरहवाले शैक्षिक क्षेत्रमा फड्को मार्ने सम्भावनाहरु प्रसस्त रहेका छन् । इन्द्र बहादुर थापा भन्छन भैरहवा उच्च शिक्षाको हकको रुपमा अगाडि बढीरहेको छ । यहाँका केही कलेजहरुले विज्ञान देखी व्यवस्थापन संकायको कक्षाहरु आधुनिक र प्राविधिक तरिकाले पढाई रहेको देख्दा यस क्षेत्र अबको केही वर्षमा शिक्षा आर्जन गर्न देखिन्छन् । अब आगामी दिनमा यि कलेज तथा मा.वि.हरुले भैरहवामा एसर्ईई मा पास भएका १०० % विद्यार्थीहरुलाइ नै स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकून ।