logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    कल्याणकारी परिषद्ले बनायो वार्षिक कार्ययोजना


    ८ भाद्र २०७६ , आइतबार

    कल्याणकारी परिषद्ले बनायो वार्षिक कार्ययोजना

    बुटवल, भदौ ८ । लुम्बिनी बौद्ध विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्को तेस्रो बैठकले वार्षिक कार्ययोजना निर्माणलगायतका विभिन्न निर्णय गरेको छ । परिषद्का अध्यक्ष कमल रायमाझीको अध्यक्षता र सचिव बीपी गौतमको सञ्चालनमा सम्पन्न बैठकमा सल्लाहकार सिद्धिचरण भट्टराईको आतिथ्यता रहेको थियो ।


    बैठकले परिषद् पुनःगठनपछि हालसम्म भएका कामहरुको समीक्षा गर्दै वार्षिक कार्ययोजना निर्माण गरेको सह–सचिव नरेश केसीले जानकारी दिए । बैठकले कल्याणमित्र सन्देश प्रकाशनलाई निरन्तरता दिन मोहन राना संयोजक तथा डी। आर। बञ्जाडे र निर्मल ढुंगाना सदस्य रहेको उपसमिति गठन गरेको छ ।
    यस्तै वृहत्तर लुम्बिनी भ्रमणका लागि सरस्वती बस्याल संयोजक र विजय अधिकारी तथा राजेन्द्र घिमिरे सदस्य रहेको उपसमिति पनि बैठकले गठन गरेको छ । यस्तै भूपू विद्यार्थी अन्तरक्रिया तथा पुनःमिलन कार्यक्रम गर्न सिद्धिचरण भट्टराई संयोजक तथा चन्द्र पाठक, हरि पाण्डेय, पोमनारायण पौडेल र मेघराज न्यौपाने सदस्य रहेको उपसमितिले जिम्मेवारी पाएको छ ।
    यस्तै वनभोज गर्न मधु पाण्डे संयोजक र राजेश थारु सदस्य, नयाँ विद्यार्थी स्वागतका लागि जनार्दन लोथ संयोजक र यज्ञ न्यौपाने सदस्य, चार धाम भ्रमणका लागि नरेश केसी संयोजक र प्रकाश अर्याल तथा दिनेश आचार्य सदस्य रहेको उपसमिति गठन गरिएको छ ।
    पालिकास्तरीय बुद्ध शिक्षा सम्बन्धी अन्तरक्रियाका लागि देवदहमा जयकिशन अधिकारी, तिलोत्तमामा बीपी गौतम, तौलिहवामा सनिउल्लाह धोवीलाई जिम्मेवारी दिइएको छ । यसैगरी बुद्ध शिक्षा हाजिरीजवाफ तथा खेलकुद सप्ताह गर्न जयकिशन अधिकारी संयोजक र प्रकाश अर्याल तथा कमल न्यौपाने सदस्य रहेको उपसमिति गठन गरिएको छ । बैठकले परिषद्को कार्यालय व्यवस्थापनका लागि आवश्यक सामाग्रीको बन्दोबस्ती गर्ने जिम्मेवारी सचिव बीपी गौतमलाई दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.