लुम्बिनीखबर
मर्चवार, असोज । रुपन्देहीको मर्चवारमा रहेको कोटहीमाई गाउँपालिका वडा नंं. ६ खजहनीमा एक महिलाको हत्या गरिएको छ ।महिलाको हत्या उनको श्रीमान, सासु, देवर र नन्दले गरेको स्थानीयले बताएका छन् ।
बुहारी सीमा यादवको हत्या गरी दुई दिनसम्म घरमा राखेको कुरा जानकारीमा आएको छ । एक बच्चाकी आमा समेत रहेकी सीमा ४ वर्ष पहिले मर्चवारका राम अवतार यादवसँग बिवाह भएको थियो । उनको दाइजो र घरयासीका कारण हत्या भएको माइती पक्षको आरोप रहेको छ । घटनामा संग्लन मृतकका श्रीमान राम अवतार यादव र नन्द फरार रहे पनि सासु र देवर सन्तोष यादव भने पर्काउ परेका छन् । उनीहरुले हत्याको आरोप स्वीकार गरेको समेत इलाका प्रहरी कार्यालयका प्रमुख पुरन बहादुर क्षेत्रीले बताए । उनीहरुले हत्या गरी मृतकको शरीर दुई दिन पछि भारतमा पर्ने डण्डा नदीमा फालेका थिए । जसको गम्भिर रुपमा अनुसन्धान भैइ रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक पोषणराज ढकालले बताए ।