logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    पत्रकारिता अक्षयकोषकोलागी लुम्बिनी प्रेस क्लबको देउसी भैलो, हिन्दू मुश्लिमलाई जोडेको भैरहवाको देउसी भैलो


    १४ कार्तिक २०७६ , बिहिबार

    पत्रकारिता अक्षयकोषकोलागी लुम्बिनी प्रेस क्लबको देउसी भैलो, हिन्दू मुश्लिमलाई जोडेको भैरहवाको देउसी भैलो

    भैरहवा, कार्तिक । तिहार अर्थात दीपावलिको बेला देउसी भैलो खेल्ने प्रचलन पुरानो हो । बलिराजाको ईतिहांस जोडिएको देउसी भैलो दीदि भाईबीचको सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा समेत लिईन्छ । नेपालका धेरै चाडपर्वहरु मध्ये एक मुख्य चाडको रुपमा मनाईने तिहारमा देउसी भैलो खेल्ने क्रममा पहाडतिर सिंगारु र पुरर्सिगे नाच नाच्ने गरिन्छ । कतिपय ठाउँमा सोरहठी, चुट्का, सल्यानी ताल, ख्याली समेत नाचेर रमाईलो गर्ने प्रचलन छ । तराईमा भने तिहारलाई दीपावली भनिन्छ । हरेक घरघरमा झिलीमिली बनाउने र पटका पट्काउने र घरघरमा सेल, फीनि, झिलींगे, अनरसा लगायतका रोटी बनाउने प्रचलन पनि छ ।
    तिहार मनाउन टाढा टाढाका दीदीबहिनी माईत जाने र दाजुभाई दीदीबहिनीको घरमा जाने प्रचलन पनि छ । तिहारको दिन दिदीबहिनीले सप्तरंगी टिका, सयपत्रि , मखमली फूलका माला लगाएर दाजुभाईलाइ आर्शिबाद दिने र दाजुभाइले दिदीबहिनीलाइ दक्षिणा दिने प्रचलन पुरानो हो । यो पर्वमा बलिराजाको आयु बढाउन दिदी यमुनाले यमराज संग गरेको कथा महत्वपूर्ण रुपमा लिने गरिन्छ । यसैले दिदीबहिनीले दाजुभाईको आयु बढोस भनेर शत्रुको नाश होस् भन्दै ओखर फुटाल्ने पनि गर्दछन् ।
    देउसी भैलोम नाचगान गर्ने शैली भुगोल र ठाउँ अनुसार विविधता भएता पनि भट्टाउने –आशिष दिने) चलन भने एकै किसीमको छ । आशिष दिनेले घरबेटिलाइ बजिराजा, कालिनागको कथाजोडेर दिने गर्दछन् । यम पन्चक शुरु भएदेखि शुरु हुने देउसी भैलो खेल्ने उद्धेश्य विगतमा रमाईलोको लागि र सस्कार तथा सस्कृति बचाउन मात्रै हुने गर्दथ्यो भने अहिले आएर विद्यालय निर्माण, पौवा निर्माण तथा सहयोग र अक्षयकोषकोलागी पनि हुने गरेको छ ।
    कार्तिक महिनाको यमपन्चकको बेला देउसी भैलो खेल्न आएका भैलो टिमलाई गच्छे अनुसार दान दिदा राम्रो मानिने हुदां हिन्दू सनातन धर्मालम्बीले मात्रै नभएर मुश्लिम समुदायका हरुले पनि भैलो टिमलाई गच्छे अनुसार सहयोग गरिरहेका छन् ।

    यसैबीच लुम्बिनी प्रेस क्लबले पत्रकारिता अक्षय कोष अभिवृद्धिकोलागी भैरहवा क्षेत्रमा देउसी भैलो खेलिरहेको छ । चार बर्ष अघि देउसी भैलो खेलेर पत्रकारिता अक्षयकोष स्थापना गरेको लुम्बिनी प्रेस क्लबले सोही बर्ष एक लाख एघार हजार एक सय एघार रुपैयांको अक्षय कोष स्थापना गरेको क्लबका अध्यक्ष दीपेश पछाइले बताए ।
    उनले भने, ‘अक्षय कोष स्थापना गरिएको छ । अहिले देउसी भैलो खेलेको रकमलाई सोही कोषमा थप्ने छौं । ’
    पत्रकारहरु विमारी पर्दा, ठूलो आर्थिक समस्या पर्दा वा सक्रिय पत्रकारको देहान्त भएकोे अवस्थामा आश्रीत परिवारलाई समस्या पर्दा उक्त कोषको ब्याजको रकम सहयोग गर्नेगरी अक्षयकोषको नियमावली समेत बनाईएको क्लबका सल्लाहकार कमल रायमाझीले बताए ।
    तिहारको बेला खेलिने देउसी भैलोले एकातिर सस्कृति संरक्षणमा टेवा दिएको त अर्कोतिर स्वईच्छाले कार्तिके दानको रुपमा दिईने सहयोगले अक्षयकोष बृद्धि गर्न सहयोग पुग्ने भएकोले क्लबले देउसी भैलो खेलेको क्लबका कोषाध्यक्ष समेत रहेका देउसी भैलो कार्यक्रमका संयोजक दीपक घिमिरले बता ।
    प्रदेश नं ५ सरकारका प्रवक्ता समेत रहेका भौतिक योजना मन्त्री बैजनाथ चौधरीको निवासबाट शुरु भएको लुम्बिनी प्रेस क्लबको देउसी भैलो टिम भैरहवा क्षेत्रमा देउसी भैलो खेलिरहेको क्लबका महासचिव सम्झना शर्माले बताईन् । उनले भनिन, ‘हामी धेरै घरघरमा देउसी भैलो खेल्न जान चाहन्थ्यौं तर समय नपुगेको हुदा धेरै ठाउ छुटेका छन् । जहां पुगेका छौं त्यहां अत्यन्तै आत्मीयता र हार्दिकताका साथ सम्मान पनि पाएका छौं । मलाई लाग्छ हाम्रो अक्षयकोषको अभिवृद्धि गर्ने उद्धेश्य पुरा नै हुन्छ ।
    मादल, खैजडी बजाउदैं पुरानो र नया भाकाका चल्तीका देउसी भैलोको गीत गाउदैं र नाच्दैं हिडेको पत्रकारहरुको टोलीले संस्कृति संरक्षणमा महत्वपुर्ण भूमिका खेलेको प्रदेश ५ का सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।
    अरुहरु देउसी भैलो खेल्ने अनि पीकनीक जाने, रकम उठाउने मात्रै गर्दछन् तर लुम्बिनी प्रेस क्लबले अक्षयकोषकोलागी खेलेको भैलोको सन्देश अत्यन्तै महत्वपुर्ण भएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्माले बताए ।
    पत्रकारहरुको देउसी भैलोले एकातिर अक्षय कोष जस्तो पवित्र कार्य गरिरहेको छ भने अर्कोतिर सबै धर्म, जाति र समुदायलाई एकसुत्रमा बाधेको संविधानसभाका पुर्व सदस्य समेत रहेका नेपाली कागं्रेसका नेता ईस्तियाक अहमद खांनले बताए । उनले भने, ‘भैलो खेल्ने समूहमा पनि मुश्लिम समुदायका पत्रकारहरुको सहभागीता देख्दा झनै खुसी लाग्यो । त्यस माथी तपाईहरु हाम्रो घरमा आउनुभयो । त्यसमा झनै खुसी छु । ’
    यो तिहारमा धेरै देउसी भैलो खेल्न आए तर पत्रकारको भैलोको उद्धेश्य र संयोजनले भैरहवामा साच्चिकै राम्रो सन्देश दिएको पश्चिमान्चल ट्रक समितीको सल्लाहकार बसन्ती भण्डारी थापाले बताईन् । पत्रकारकै हितकोलागी अक्षय कोष स्थापना गर्ने उद्धेश्यले खेलिएको देउसी भैलोप्रति आफु अत्यन्तै प्रभावित भएको संविधानसभाका पुर्व सदस्य तथा नेकपाका नेता आदीत्यनारयण कसौधनले बताए । उनले भने, ‘राज्यका चौथो अंगका रुपमा रहेका पत्रकाहरुले अपर्झट केही समस्या परेमा अरुको हात थाप्नु भन्दा आफुहरुको अक्षयकोषबाट सहयोग लिनु राम्रो ठानेर जुन अक्षयकोषकोलागी कार्य गर्नुभएको छ ।यो सबैकोलागी अनुकरणीय छ । ’ सस्कृति जगर्नेका दृष्टिले पनि पत्रकारहरुको भैलो प्रशसंनीय भएको समाजसेवी ओमकार गौचनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.