
१. देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि यहाँको व्यवसायले कस्तो भुमिका खेलको छ ?
उत्तर ः देशमा उत्पन्न बेरोजगारी समस्यालाई सके जति रोजगारी दिने प्रयासमा छु । स्थानीय स्तरमा उत्पादन भएका तरकारी, खशी माछा तथा खाद्यन्नलाई प्रयोग गरिएको छ । बिक्री भएको मुल्यबाट १३% भ्याट सरकारलाई बुझाउनुका साथै वार्षिक आम्दानीको २५% कर सरकारलाई बुझाई देशको अर्थतन्त्रमा टेवा पु¥याएका छौ ।
२. यहाँले सञ्चालन गरेको व्यसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?
उ त्तर ः मेरो यस व्यवसाय रोयल लुम्बिनी कटेज एण्ड फेमिली रेष्टुरेण्टको समग्र अवस्था सन्तोषजनक नै छ र पनि पहिलेको तुलनामा केही थप भएको महसुस भएको छ । रोजगारीको हिसाबले हाम्रो यो प्रतिष्ठानले २५ जनालाई रोजगारी दिएको छ ।
३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?
उत्तर ः सञ्चालनमा आएको करिब ८ वर्षको अवधिमा मेरो प्रतिष्ठानमा आउनु हुने ग्राहवर्गहरुलाई खुशी पार्न सफल भएको छु साथै सफलताको हिसाबले सानो संस्थाबाट सुरु गरी अहिले ठूलो र धेरै सेवा तथा संरचना उपलब्ध गराएको छु । कमाउने भन्दा पनि सेवा मुलक सोच राखेर अघि बढेको छु । यही नै मलाई सफलता पाएको जस्तो लाग्छ । भावी योजना भन्नु पर्दा भिजिट नेपाल २०२० लाई मध्यनजर राखी, लुम्बिनी, भैरहवा, मणिग्राम, भलवारी र बुटवलमा रोयल लुम्बिनी बेकरी क्याफे सञ्चालनमा ल्याउने योजना छ ।
४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?
उत्तर ः हरेक कार्य गर्दा, असहज, अफ्ठ्यारो परिस्थिति आउनु त स्वाभाविकै हो मेरो व्यवसायमा पनि कठिनाइहरु छन् । जसमा कामदाहरुको समस्या नै प्रमुख समस्या हो । यसको न्यूनीकरणको लागि कर्मचारीहरुलाई आपसी सहमतिमा खुशी राख्ने कोसिस गरेको छु ।
५. यो व्यवसायी सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पुरा भएको छकि छैन ?
उत्तर ः मेरो व्यवसाय सुरु गर्नुको प्रमुख लक्ष्य सेवा नै हो । साथै पर्यटन प्रबर्धन गर्नु नै यस प्रतिष्ठानको उद्देश्य हो । अपेक्षाहरु केही पुरा भएका छन भने केही पुरा हुने चरणमा छन् ।
६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?
उत्तर ः मेरो सानै देखिको रुचि व्यवसाय गर्नु थियो । ५ वर्ष बिदेशको बसाई पछि आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्यले व्यवसायमा हात राखियो । यो पेशा समाज र समाजमा बस्ने अधिकतम मानिसहरुसँग सम्बन्धित हुने भएकोले साथै सेवामूलक पेशा भएकोले पनि यो व्यवसाय रोजेको हुँ ।