logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    देश बिकास र रोजगारीको लागि व्यवसायको खाँचो


    १२ मंसिर २०७६ , बिहिबार

    देश बिकास र रोजगारीको लागि व्यवसायको खाँचो

    नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ । उद्योग व्यवसायको कारण देशले आर्थिक क्रान्ति गर्ने बाटोतिर लम्किरहेको देखिन्छ । स्थानीय क्षेत्रको बिकास रोजगारीमा वृद्धि र आम नागरिकहरुको जीवनस्तर उकास्ने कार्यमा समेत उद्यमी व्यवसायीको महत्व रहेको छ । यसैलाई मध्यनजर गरेर रुपन्देही प्रदेश नंं. ५ भैरहवाका यूनिभर्सल इलेक्ट्रो टेक्निकल इन्ष्टिच्युटका संस्था प्रमुख शौरव कुवर सँग लुम्बिनखबर पत्रिकाले गरेरको कुराकानी

    १. देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि यहाँको व्यवसायले कस्तो भुमिका खेलको छ ?

    उत्तर ः देशको अर्थतन्त्र सबल बनाउनको लागि सीपमूलक जनशक्तिको खाँचो पर्छ । हाम्रो संस्थाले विगत ८ वर्ष देखि सीपमूलक दक्षजनशक्ति उत्पादन गर्दै आइरहेकोे छ ।

    २. यहाँले सञ्चालन गरेको व्यसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?

    उत्तर ः यस संस्था स्थापना भए देखि हालसम्म २ हजार देखि २५सय जति युवा युवतीहरुलाई आयआर्जन मूलक तालिमहरु संचालन गरिएको छ । जसमध्ये हालसम्म धेरै युवा युवतीहरु व्यवसाय तर्फ अग्रसर भएका छन, भने कतिपय युवाहरु रोजगारीका लागि वैदेशिक रोजगारीमा गएका छन् । तैपनि ५० देखि ६० प्रतिशत युवा युवतीहरुले आफ्नै व्यवसाय गरिरहेका छन् ।

    ३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?

    उत्तर ः अहिले हामीले सुगम स्थानमा मात्र नभई जिल्लाका भित्री भागहरुमा विशेष गरी दक्षिणी सीमाना नजिकका क्षेत्रमा गई विभिन्न किसिमका तालिम संचालन गरिरहेका छौ । आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिइने छ र अबको योजना भनेको रोजगारीमा आधारित नभई व्यवसायमा आधारित प्राविधिक विषयका तालिम संचालन गर्ने रहेको छ ।

    ४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?
    उत्तर ः व्यवसाय संचालन गर्दा खासै कुनै पनि कठिनाई भोक्नु परेको त छैन तै पनि स्थानीय सरकारले प्राविधिक शिक्षालाई विशेष जोड दिने हो भने देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने देखिन्छ ।

    ५. यो व्यवसायी सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पुरा भएको छकि छैन ?
    उत्तर ः यो व्यवसाय सुरु गर्नुको मुख्य उदेश्य भनेको आर्थिक तथा सामाजिक रुपमा पिछडिएका युवा जनशक्तिलाई प्राविधिक सीप र ज्ञानको सहायताले उनीहरुको जीवनस्तर उकास्नु हो । जसमा म निरन्तर लागि रहेको छु र सफलता पनि प्राप्त भएको छ ।

    ६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?

    उत्तर ः हाम्रो जस्तो विकासोन्मुख देशमा सबै ठाउँमा प्राविधिक शिक्षा दिने संस्था नभएको र भएका संस्थाहरुले पनि धेरै शुल्क लिने भएकोले यहाँका युवा युवतीहरुका लागि कम खर्चमा प्राविधिक शिक्षा प्रदान गरी छोटो समयमा राम्रो आयआर्जन गर्न सक्ने किसिमको प्राविधिक शिक्षा दिने संस्थाको आवश्यकता महसुस गरी यो व्यवसाय नै रोजेको हुँ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.