logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    नेपाल भारत सिमामा अलपत्र छन् मानिसहरु 


    १८ चैत्र २०७६ , मंगलबार

    नेपाल भारत सिमामा अलपत्र छन् मानिसहरु 

    कमल रायमाझी
    भैरहवा, १८ चैत । नेपाल भारत सिमा क्षेत्र सुनौलीमा लगभग ३ सय नेपाली अलपत्र परेका छन् । भारतको बिभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३० घण्टा देखि दशगजा क्षेत्रमा अलपत्र परेका हुन ।


    नेपाली पक्षले भारत वाट आउने नेपालीहरुलाई रोकेपछि नेपाल तर्फ आउन रोकिएका छन् । उनिहरु अहिले दशगजाक्षेत्रमा पाल टागेर बसेका छन् । उनिहरुलाई हिजो देखि स्थानियहरुले खाने व्यवस्था गरेको देखिन्छ ।
    नेपाल तर्फ आउन नपाएपछि हिजो दश गजा क्षेत्रमा रहेका नेपालीहरुले केहि समय नारावाजी समेत गरेका थिए ।

    कोभिड –१९ भाइरसको त्रास बढदै गएपछि नेपाल पक्षले भारत बाट आउने नेपाली र भारतिय पक्षले नेपाल बाट आफ्नो देश तर्फ जाने भारतिय नागरिकलाई रोकेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएका छ । लगभग ६० जना जति भारतिय नागरिक पनि भारत तर्फ जान नपाएर नेपालको सिमाक्षेत्र बेलहियामा रोकिएका छन् ।

    सिमाक्षेत्रमा रोकिएका नेपाली नागरिकलाई के गर्ने भन्ने बिषयमा छलफल भैरहेको जिल्ला प्रशासन प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
    सरकारले दिने निर्देशन हामीले कार्यान्वयन गर्ने हो भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले माथि बाट जे आदेश आउछ हामी त्यहि अनुसार नेपाल तर्फ आउने नेपालीको व्यवस्थापन गर्ने बताउनुभयो ।
    सशस्त्र प्रहरी बल नेपाल राजस्व भंसार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक मान वहादुर शाहीले सिमा क्षेत्रमा रहेका नेपालीहरुलाई अहिले नेपाल तर्फ आउन नदिएको बताउदै भारतिय नागरिकहरु लाई पनि भारतिय पक्षले आफ्नो देश तर्फ प्रबेष नदिए पछि सिमाक्षेत्रमा सुरक्षा कडा

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.