logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    त्रासमा सिमाका बासिन्दा


    १८ चैत्र २०७६ , मंगलबार

    त्रासमा सिमाका बासिन्दा

    कमल रायामाझी
    भैरहवा, १८ चैत ।
    भारत वाट नेपाल फर्किने र नेपाल बाट भारत जानेहरुको भिडभाडले रुपन्देहीको सिमाक्षेत्र बेलहिया तथा सुनौलीमा बसोवास गर्ने स्थानियहरु आंतकित बनेका छन् ।


    कोरोना भाईरसका कारण सरकारले देशलाई लकडाउन गरेपनि यस क्षेत्रमा दैनिक सयौ मानिसहरुको भिडभाड हुनथालेपछि स्थानियहरुलाई त्रास श्रृजना भएको हो ।
    दैनिक जसो भारत जानेलाई भारतिय प्रहरीले रोक्ने र भारत बाट नेपाल आउन चाहाने मानिसहरुलाई नेपाल प्रहरीले रोक्दा सिमाक्षेत्र अहिले मेलास्थल जस्तो भएको स्थानियहरुले बताउने गरेका छन् ।
    सयौको भिड छ, खान र पानी समेत नपाएर भोकै छन् । ‘मानवताका नाताले हामी स्थानियबासीहरुले उनिहरुलाई खाने र पानीको व्यवस्था गरेका छौ,’ बेलहियाका स्थानिय सुरेन्द्र क्षेत्रीेले भन्नुभयो । जसका कारण सिमाक्षेत्रमा कोरोनाको डरत्रास बढि देखिएको छ ।
    मानिसहरु दैनिकजसो लामो यात्रा ३ दिन देखी ५ दिन सम्म पैदल हिडेर आएका छन् । उनिहरुलाई सिमाक्षेत्रमा आएर रोकिन परेको छ भन्दै बेलहियाका स्थानिय रमेश थापाले सरकारले उनिहरुलाई रोक्दा सिमाक्षेत्रमा कोरोनाको सन्त्रास झन बढेको बताउनुभयो ।
    सिमाक्षेत्रमा मानिसहरुको भिडभाड भैरहेकोमा जानकारी भएको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले सरकारले दिएको निर्देशन अनुसार काम गरिरहेको बताउनुभयो ।
    सिमाक्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरिक्षक इश्वरी अधिकारीले सिमामा दैनिक सयौ मानिसहरु सुरक्षाकर्मील रोक्नु परेको बताउनुभयो । उहाँले सरकारको निर्देशन अनुसार रोक्ने र छोड्ने काम भैरहेको जानकारी समेत दिनुभयो ।
    यसरी सिमाक्षेत्रमा दैनिक जसो सयौको भिडभाड हुदा यहाँ खटिने सुरक्षाकर्मी र स्थानिय बासीहरुलाई कोरोनाको उच्च जोखिम रहेको छ । जसको नियन्त्रण तथा व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.