logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    समरीमाईमा सचेतना र राहत कार्यक्रम शुरु


    २१ चैत्र २०७६ , शुक्रबार

    समरीमाईमा सचेतना र राहत कार्यक्रम शुरु

    असलम खान
    मर्चवार, २१ चैत । रुपन्देहीको समरीमाई गाउँपालिका मर्चवारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका स्थानियहरुका लागि राहत बितरण तथा सचेतना मुुलक कार्यक्रम शुरु भएको छ ।


    गाउँपालिकाले स्थानियहरुको घरघरमा पुगेर राहत बितरणका लागि तथ्याङक संकलन गरेको गाउँपालिकाको सुचना शाखाले जनाएको छ । टोलटोलमा पुगेर सचेचना मुलक माईकिङ समेत गरेको गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला –बव्लुले जानकारी दिए ।
    गाउँपालिकाका अध्यक्ष शुक्लाले बिदेश बाट आएका स्थानियहरुलाई भैसागहनमा रहेको मदरसामा १५ बेडको क्यारेन्टाईन निर्माण गरिएको समेत बताए । उनले क्यारेनटाइनमा बस्नेहरुलाई उचित खाना र स्वास्थ्यको व्यवस्था समेत सुरक्षाकर्मी   स्वास्थ्यकर्मीहरु संगको सहकार्यमा गरेको जानकारी दिए ।
    राहत बितरणका लागि गाउँपालिकामा ७ हजार २ सय जनाको तथ्याङक निकालिएकाले अव भोलि शनिवार देखि राहत बितरण युद्धस्तरमा गरिने अध्यक्ष शुक्लाले बताए ।
    गाउँपालिकाले अहिले १ करोड रुपैया कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण र राहत बितरणका लागि छुट्टाएको गाउँपालिकाका प्रमुख प्रशासकिय प्रमुख टेकराज भट्टराई बताए । गाउँपालिकामा लकडाउनका समयमा स्थानिय जनतामा कुनै प्रकारको समस्या नपरोस भनेर २४ सै घण्टा जनप्रतिनिधि, सुरक्षाकर्मी र कर्मचारी खटिएको पनि प्रमुख प्रशासकिय अधिकृत भट्टराई जानकारी दिए ।

    तस्बीर आफै बोल्छ :

    गाँउपालिकाको  राहत

    गाँउपालिकाको पिकअप राहत तथा क्यारेन्टाईनका लागि आवश्यक समान भैरहवा बाट गाउँपालिका तर्फ जादै ।

    समरीमा ज्वरो चेकजाच गदै

    गाउँपालिका अध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी घरघरमा पुगेर सचेतना तथा स्थानिय जनताको ज्वरो चेकजाच गर्दै ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.