भैरहवा, २१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रुपन्देहीले सम्पुर्ण नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बाट सचेत र सजक हुन सबैमा अनुरोध गरेको छ ।

सो पार्टीका जिल्ला अध्यक्ष सागर प्रताप राणा र उपाध्यक्ष अजय कुमार गुप्ता द्धारा हस्ताक्षरित अनुरोध पत्रमा सरकारले गरेको लकडाउनलाई पुर्ण रुपमा पालना गर्न समेत आग्रह गरेको छ ।
लकडाउनका समयमा सजक भएर घरभित्र बाट दैनिक कृयाक्लाव गर्न जिल्ला बासी दाजुभाई, दिदिबहिनी र कार्यकर्ताहरुलाई पार्टीले अनुरोध गरेको छ ।
पार्टीले कार्यकर्ता तथा शुभचिन्तकहरुलाई समस्या परे प्रहरी तथा स्वास्थ्यकर्मीहरुको निकट रहेर सुरक्षित घर भित्र बस्न पनि सल्लाह दिएको छ ।
पार्टीका जिल्ला अध्यक्ष राणाले अनुरोध पत्र जारि पछि सञ्चारकर्मीहरु संग डिजिटल प्रविधिको प्रयोग गरि कोरोना भाइरस (कोभिड–१९)ले संसारलाई आंतकित बनाएको अवस्थामा सामाजिक दुरि कम गर्न सबैमा अनुरोध गरे । उनले घर बाहिर ननिस्कन र निस्कनै पर्ने स्थिति आए माक्स तथा सेनेटराईजको प्रयोग गर्नु पर्ने बताए ।
नेपाल, चिन र भारतको सिमाक्षेत्रमा आवत जावतले कोरोना भाइरस (कोभिड–१९) सर्ने सम्भावना बढि हुने हुनाले सुरक्षा स्थितिलाई बलियो पार्न समेत सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बताए ।
बिश्व अहिले कोरोना भाइरस (कोभिड–१९)का कारण संकटमा परेका बेला नेपाल पनि यसको अछुतो हुने कुरै भएन त्यसकारण यहाँका गरिव तथा बिपन्न, मजदुर र असाहयका लागि सरकारले सहयोग पुराउनु अनुरोध गरे ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका पुर्व नगरप्रमुख समेत रहेका राणाले जनताको सहयोगको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रुपन्देही सवै संग सहकार्य गर्न तयार रहेको पनि बताए ।