logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    रोहिणीका वडा अध्यक्ष किटनाशक छर्दै


    २३ चैत्र २०७६ , आइतबार

    रोहिणीका वडा अध्यक्ष किटनाशक छर्दै

    भैरहवा,२३ चैत । रोहिणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष आविद अली पठान लकडाउनको समयमा पनि निरन्तर जनचेतना फैलाउने काममा लागी परेका छन् । वडा अन्र्तगत प्रत्येक घर घरमा पुगेर कोरोना भाईरस तथा लकडाउन बारे उनले जनचेतना फैलाई रहेका छन् ।


    वडा अध्यक्ष आविद अली पठान अहिले किटनाशक बिषादी छर्दै वडाको घर घर सम्म पुगि रहेका छन् । बिशेष गरि कोरेना भाईरसबारे जनचेतना संगै लकडाउनको समयमा वडावासीलाई घरमै बस्न उनले अनुरोध गरि रहेका छन् । यसका साथै अहिले बढ्दो गर्मी संगै तराई क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दै गए पछि यसबाट जोगिन किटनाशक बिषादी छरि रहेका छन् । वडा कार्यालयको बजेटबाट वडामा रहेका हरेक बाटो तथा गल्लीमा उनले बिषादी छर्किने जानकारी दिए ।
    ६ हजार लिटर भन्दा बढी बढी बिषादी वडाकै १० जना युवाहरु परिचालन गरि छर्कि रहेको वडा अध्यक्ष आविद अली पठानले जानकारी दिए । नेपाल लकडाउनको एघारौ दिन । सम्पूर्ण नेपालकै जनजिवन अहिले ठप्प छ । लकडाउनकै कारण अहिले नेपाली जनता मात्र हैन नेपालका राजनैतिक दलका नेताहरु पनि घरभित्रै रहेर काम गरि रहेका छन् । आफु सुरक्षित रहि जनतलाई पनि सुरक्षित रहन् उनिहरुले आग्रह गरि रहेका छन् । तर वडा अध्यक्ष पठान यो मान्न तयार छैनन् । जनता बाँचे न नेता काम लाग्ने हो भन्दै उनि महामारीको समयमा जनता बचाउने अभियानमा लागेका छन् ।
    अहिले तराईमा लामखुट्टेको प्रकोपको कारण डेंगु लगायतको रोगको उस्तै जोखिम रहेको छ । यस्तो जोखिमबाट जोगिन क्लोरिन, ब्लिचिंग पाउडर, फिनायल लगायतको मिश्रणलाई वडामा छरिदै छ ।
    रोहिणी गाउँपालिकाले पनि गाउँपालिकामा बस्ने मजदुर र गरिव परिवारलाई राहत बितरण गरेको छ । क्वारेन्टाईन समेत निर्माण गरेको रोहिणीले जनतालाई कोरोना भाइरसको संक्रमण रोक्नका लागि वडाहरुको सहकार्यमा सचेतना मुलक गतिविधिहरु बढाएको पत्रकार बिबेक बिश्वकर्मा बताउछन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.