पिपिइ नहुदा ज्यानै जोखिममा
भैरहवा, २४ चैत । रुपन्देहीमा एम्बुलेन्स चालकहरु त्रासमा रहेका छन् । कोरोना भाइरस (कोभिड–१९)को सक्रमण सिमाक्षेत्र भारतको कोल्हइ बजारमा देखिएको पछि चालकहरु डराएका हुन ।
जिल्लामा मानिसहरुको आवत जावत र यातायातका साधनहरु पुर्णरुपमा प्रतिवन्ध भएको अवस्थामा बिरामीहरुलाई अस्पतालहरुमा पुराउने जिम्मा पाएका एम्बुलेन्स चालकहरुले पर्सनल प्रोटेक्टिभ ईक्विपमेन्ट –पिपिइ को व्यवस्था नहुदा त्रासमा रहेको बताएका छन् ।
संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देही शाखाले स्थानिय सरकार संग पिपिईको व्यवस्था गर्नका लागि अनुरोध गरेपनि सुनुवाई नभएको जनाएको छ ।
हामी सबै प्रकारका बिरामीहरुलाई बोक्नुपर्ने अवस्था भएकाले पिपिई हुन आवश्यक रहेको भन्दै शाखा कार्यालय भैरहवाका सचिव श्याम मुराउले चालकहरुलाई भाइरस सर्न सक्ने सम्भावना बढि भएकाले सहयोगको लागि सरकार संग माग गरेका छन् ।
हामी बिरामीको सेवामा २४ औ घण्टा खटन तयार रहेका छौ भन्दै चालकहरुले छिटो भन्दा छिटो पिपिईको व्यवस्था गर्न सबै पक्ष संग आग्रह गरेका छन् ।