logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    गाउँपालिका प्रमुख शुक्लाको मुख्यमन्त्री संग संवाद


    २७ चैत्र २०७६ , बिहिबार

    गाउँपालिका प्रमुख शुक्लाको मुख्यमन्त्री संग संवाद

    दाताले गाउँपालिका मार्फत राहत बाड्नु पर्ने
    असलम खान
    मर्चवार,२७ चैत । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल संग सम्मरीमाई गाउँपालिकाका प्रमुख जिनेन्द्र नाथ शुक्ला –बल्लुले सुचना प्रबिधिको प्रयोग गरि संवाद गर्नुभएको छ ।


    नोभल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तथा रोकथाम लाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बिषयमा संवाद भएको थियो । गाउँपालिकामा सञ्चालन भएको क्वारेन्टाइन र राहत वितरण कार्यक्रमको बिषयमा समेत गाउँपालिका प्रमुख शुक्लाले मुख्यमन्त्री पोखरेल संग छलफल गर्नुभएको हो ।
    प्रमुख शुक्लाले गाउँपालिकाको वडा नम्बर १,२ र ३ भारतिय सिमा संग जोडिएकाले सिमाक्षेत्रमा कडा सुरक्षा गर्नुपर्ने बिषयमा पनि मुख्यमन्त्री संग कुराकानी गरेको स्थानिय पत्रकार जैस खानले जानकारी दिनुभयो ।
    पत्रकार खानका अनुसार– गाउँपालिकामा स्वास्थ्य सामाग्रीको अभाव, गँहु बाली काट्ने बेला भएको र यसका लागि सहजीकरणको बाटो अवलम्बन गर्न मुख्य मन्त्री संग गाउँपालिका प्रमुख शुक्लाले आग्रह गर्नुभएको थियो ।
    नोभल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि बुधवारै मुख्यमन्त्री पोखरेलले प्रदेशका सिमाक्षेत्रमा पर्ने पाचँ स्थानिय तहका प्रमुख संग भिडियो संवाद गर्नुभएको हो । नवलपरासी पश्चिम सुस्ता गाँउपालिका अध्यक्ष रमप्रसाद पाण्डे, कपिलवस्तुको विजयनगर गाँउपालिका अध्यक्ष गोपाल थापा, कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साह, र रुपन्देहीको सम्मरीमाई गाउँपालिका प्रमुख शुक्ला संग कुराकानी भएको हो ।
    एकीकृत भिडियो संवादमा कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानिय तहका सरकारले अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको थियो । पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीज्यूले कोरोना नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने कामबारे मार्ग्निर्देश गर्नुभएको थियो । दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न ,आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाउन मुख्यमन्त्रीको निर्देेशन दिनुभयो ।
    प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध गरिएको स्थानिय सरकार प्रमुखलाई जानकारी दिनुभएको थियो ।
    सीमावर्ती क्षेत्रबाट पूर्णतः आवतजावत बन्द गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएको जानकारी दिदै मुख्यमन्त्री पोखरेलले पालिकाहरुले पनि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
    भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको, केही दिनमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न आग्रह गर्नुभयो ।
    मुख्यमन्त्रीले दाताले सिधै स्थानिय निकायमा पुगेर राहत वितरण गर्न रोक लगाउन निर्देशन दिदै राहत वितरणको आवश्यक समन्वय पालिकाले गर्ने र वडा मार्फत राहत वितरणको व्यवस्था गर्दा प्रभावकारी हुने सुझाव दिनुभयो ।
    कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उहाँले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गर्नुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.