कमल रायमाझी
भैरहवा, २९ चैत । बिश्वमा महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि तिनाउ मिसन डेभलपमेन्ट बैंकले प्रदेश सरकार देखि स्थानिय सरकारहरु सम्म सहयोग पुराएको छ ।

बुटवलको पाल्पा रोडमा प्रधान कार्यालय रहेको यस बैंकले प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको राहत कोषमा रु. १० लाख सहयोग गरेको बैंकको सुचना शाखाले जानकारी दिएको छ ।
नेपालको ७ जिल्ला रुपन्देही, पाल्पा, पुर्वि नवलपरासी ,पश्चिम नवलपरासी, चितवन, दाङ र कपिलबस्तुमा बैंकका ५३ वटा शाखा कार्यालयहरु रहेको छन् ।
प्रत्येक शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्रमा रहेका स्थानिय निकायहरुको सहकार्यमा गरिव तथा विपन्न बर्गका लागि खाध्यान्न सहयोग गरेको बैंकका बुटवल हस्पिटल लाईन शाखाका शाखा प्रवन्धक एकनारायण अर्यालले जानकारी दिए ।
स्थानिय क्षेत्रमा रहेका गरिव तथा असाहय र विपन्न वर्गका लागि बैंकका प्रत्येक शाखाले आवश्यकता अनुसार खाध्यान्न सहयोग गरेको शाखा प्रवन्धक अर्यालले भने,‘बैंकको बुटवलमा रहेको हस्पिटल लाईन र सुख्खानगर शाखाले लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरुका लागि समेत पिपिई सेट सहयोग गरेको छ । ’
स्थानिय क्षेत्रको व्यवसायी प्रर्वधनका लागि महत्वपुर्ण योगदान पुराएको यो बैंकले ग्राहकको बचत तथा व्यवसायीहरुलाई कर्जा प्रवाह गर्ने गर्दछ । साना देखि ठुलो उद्योग व्यवसायीहरुको सारथी बनेको यस बैंकको अध्यक्ष टिका राम घिमिरे र प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ रहेका छन् ।