असलम खान
मर्चवार । जिल्लाको दक्षिणक्षेत्रमा पर्ने मर्चवारका तीन गाउँपालिकाहरुले लकडाउनलाई पुर्णरुपमा कार्यान्वयन गराउन सक्दो प्रयास गरेका छन् ।
भारतीय सीमाको नजिक रहेका यि गाउँपालिकाहरुले सिमाक्षेत्रमा मानिसहरुलाई आजत जावतमा पुर्णरुपमा प्रतिवन्ध लगाउनुका साथै स्थानीय स्तरमा हुने समस्याहरुको समाधानमा पहल गरेको बताएका छन् ।

नेपालमा नै अन्न उत्पादनको भन्डार मानिने यी गाउँपालिकाहरुमा स्थानीय स्तरमा सहकार्य र सहमतीमा गरिव, विपन्न तथा असहायका लागि राहत वितरण तथा सहयोग पुराएको गाउँपालिकाका जनप्रतिनिधिहरुले बताउँछन् ।
कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द भुषण यादवले लकडाउन लाई पुर्ण रुपमा पालना गराउनका लागि जनजनमा पुगेर सचेतना मुलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
गाउँपालिकामा मर्चवार उच्च माध्यमिक विद्यालयमा क्वारेन्टाइन राखिएको छ । जसमा १८ जना विदेशबाट आएका स्थानीयहरु बसेका छन् । गाउँपालिकाले ५७२५ जना घरधुरीलाई राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले जानकारी दिए । गाउँपालिकाले रु ४९ लाख बराबरको राहत कोष पनि स्थापना गरेको गाउँपालिकाको सुचना शाखाले जनाएको छ ।
मर्चवारको भारतीय सीमासँग जोडिएको मर्चवारी गाउँपालिकाले सिमाक्षेत्रलाई पुर्णरुपमा मानव आवत जावत प्रतिवन्ध गरेको गाउँपालिकाका अध्यक्ष केशब नन्द बनियाले बताए ।
गाउँपालिकाको ओडवलिया माध्यामिक बिद्यालय वडा नम्बर ५ मा क्वारेन्टाइन निर्माण गरिएको छ । जसमा ५ जना बिदेश बाट आएका स्थानियहरु बसेका छन् ।
गाउँपालिकामा ८३७५घरधुरीलाई राहत बितरण गरिएको गाउँपालिकाका प्रवक्ता नारायण बहादुर यादबले जानकारी दिए । गाउँपालिकाले राहत कोषमा रु. ७० लाख छुट्टाएको पनि प्रवक्ता यादवले बताए ।
समरीमाई गाउँपालिकाले भारतिय सिमाक्षेत्रमा सुरक्षाकर्मी र जनप्रतिनिधिहरुको सहकार्यमा मानिसहरु आउने जाने प्रकृयालाई प्रतिवन्द गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले जनताको सुरक्षाका लागि सबै संगको सहकार्यमा लकडाउन लाई पालना गरिएको बताए ।
गाउँपालिकाले भैसागहन मदरशामा क्वारेन्टाइन बनाएको र यस क्वारेन्टाइनमा हाल बिदेश बाट आएका १३ जना बसेको अध्यक्ष शुक्लाले जानकारी दिए ।
गाउँपालिकाले ५३२५ जना घरधुरीलाई राहत बितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज भट्टराईले जानकारी दिए ।
मर्चवार क्षेत्रमा अहिले स्थानिय जनप्रतिनिधि, राजनितिक दल र सुरक्षाकर्मीहरुको सहकार्यमा कोभिड–१९ को सक्रमण तथा रोकथामका लागि सहकार्य भैरहेको छ ।