पशुपती यादव
भैरहवा । रुपन्देहीको पूर्वीक्षेत्र देवदह नगारपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाले लकडाउनलाई पूर्ण व्यवस्थित रुपमा अगाडी बढाएका छन् ।

स्थानीय क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को सक्रमण हुन नदिनका लागि यी स्थानीय निकायले सुझबुझका साथ कार्यक्रमहरु अगाडी बढाएको देखिन्छ । जनताहरुको सहकार्यमा यसक्षेत्रका जनप्रतिनिधिहरुले लकडाउनलाई व्यवस्थित र जनताको सुरक्षामा ध्यान दिएर काम गरेको स्थानीयहरु बताउँछन् ।
देवदह नगरपालिका रुपन्देहीले राहत तथा क्वारेन्टाईन र स्वास्थ्यक्षेत्रमा आफुहरुले काम गरिरहेको नगरपालिकाको सुचना शाखाले जानकारी दिएको छ । नगरपालिकाले आफ्ना नागरिकको सुरक्षा र दैनिकीलाई व्यवस्थित बनाउनका लागि सुरक्षाकर्मी र कर्मचारीहरुको सहयोगमा काम गरिरहेको नगरपालिकाका जनप्रतिनिधिहरु बताउँछन् ।
अहिले देवदह नगरपालिकाले आर्दश बहुमुखी क्याम्पसमा प्रविधिमैत्री क्वारेन्टाईनको बनाएको छ । जसमा एकजना बिदेश बाट आएका स्थानिय बसेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
हालसम्म २७०२ जना गरिव तथा विपन्न वर्गका परिवारलाई राहत वितरण गरिसकेको र थप २७५२ जनालाई राहत वितरण गर्ने प्रकृया अगाडी बढेको नगरपालिकाका प्रमूख हिरा बहादुर खत्रीले जानकारी दिए । नगरपालिकाले रु.१ करोडको राहत कोष स्थापना गरेको जनाएको छ ।
ओमसतिया गाउँपालिकाले राष्ट्रिय गहँुबाली अनुसन्धान केन्द्र भित्र रहेको सहकारी डिभिजनको भवनमा क्वारेन्टाईन बनाएको र क्वारेन्टाइनमा ६ जना विदेशबाट आएका स्थानीयहरु बसेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
यस गाउँपालिकामा २२ सय घरधुरी गरिव, विपन्न परिवालाई राहत वितरण कार्यक्रम चलिरहेको गाउँपालिकाका अध्यक्ष हिरा केवट(राहुल)ले जानकारी दिए । गाउँपालिकाले रु२५ लाख को राहत कोष खडा गरेको छ ।
जिल्लाको पुर्वी दक्षिणक्षेत्रमा पर्ने रोहिणी गाउँपालिकाले भारतीय सीमाक्षेत्रलाई पुर्ण रुपमा मानव आवत जावतको प्रतिवन्ध लगाएको जनाएको छ । गाउँपालिकाले श्रीराम नरेश आर्दश उच्च माध्यमिक विद्यालय धकधईमा क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाईनमा ३ जना बाहिरबाट आएका स्थानियहरु बसेको गाउँपालिकाको सुचना शाखाले जानकारी दिएको छ ।
गाउँपालिकाले १५ सय घरधुरी गरिब विपन्न तथा असहायको परिवारलाई राहत वितरण गरेको गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । उनले लकडाउन लम्बिएमा थप राहत वितरण गरिने पनि जानकारी दिए । गाउँपालिकाले रु.५१ लाखको राहतकोष स्थापना गरेको छ ।
यी स्थानीय निकायमा जनतालाई घरभित्र बस्न र कुनै आवश्यक परे नजिकको सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुसँग सम्पर्क गर्न भनिएको छ ।