कमल रायमाझी
भैरहवा,१ बैशाख । अर्घाखाची सिमेन्ट उद्योग रुपन्देहीले प्रदेश नम्बर ५ सरकारको राहतकोष मा रु.५१ लाख सहयोग गरेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलाई रु.५१ लाखको चेक उद्योगका सञ्चालक द्धय राजेश कुमार अग्रवाल र गौरव अग्रवालले हस्तान्तरण गर्नुभएको हो ।

उद्योगको समाजिक उत्तरदायित्वकोष बाट उक्त रकम हस्तान्तरण गरेको उद्योगको सुचना शाखाले जनाएको छ । कोराना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि उक्त रकम प्रदेश सरकारलाई हस्तान्तरण गरेको सिमेन्ट सञ्चालकहरु बताउनुहुन्छ ।
सरकारले कोराना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लिएको अभियानमा साथ दिनका लागि उक्त रकम उद्योगले सहयोग गरेको अर्घाखाची सिमेन्टका सञ्चालक राजेश कुमार अग्रवाल बताउनुहुन्छ ।
उद्योगले सियारी गाउँपालिकालाई पनि रु.२ लाख रुपैया सहयोग गरेको उद्योगका महाप्रवन्धक उद्धब कार्कीले जानकारी दिनुभयो ।
कार्कीले पाल्पाको तिनाउ गाउँपालिका र माथागढी गाउँपालिकामा रहेका विपन्न तथा गरिव परिवारहरुलाई पनि १५ लाख रुपैया बरावरको राहत सहयोग पुराएको बताउनुभयो ।
जिल्लाको सियारी गाउँपालिका मैनहियामा बिक्रम सम्वत २०६५ मा स्थापना भै २०६७ वाट आफ्नो क्लिङकर उत्पादन गर्न सुरु गरेको उद्योगले अहिले दैनिक ३००० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरेको उद्योगको तथ्याङकमा देखिन्छ ।
करिव ८ सय करोड लगानी रहेको यो उद्योगमा ८२.५ प्रतिशत स्वदेशी र १७.५ बिदेशी लगानी रहेको छ ।
स्वदेशीमा सिद्धार्थ ग्रुप, मुरारका अर्गनाइजेसन र केडिया ग्रुपको लगानी रहेको छ भने बिदेशीमा भारतीय कम्पनी उमा सिमेन्टको लगानी रहेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योग प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर १५ सयले रोजगारी दिएको छ ।
सामाजिक क्षेत्र शिक्षा, स्वास्थ्य, रोजगार, विपन्न वर्ग र गरिवहरुका लागि ठुलो लगानी गरेको यो उद्योग सरकारलाई पनि धेरै राजस्व तिर्ने उद्योगमा पर्दछ ।
भुकम्पको बेला भुकम्प बाट क्षती बेहोरेका जिल्लामा करिव एक करोड रुपैया वरावरको राहत बाडेको यो उद्योगले स्थानिय क्षेत्रमा समेत विभिन्न फोहोर व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुराउदै आएको छ ।
उद्योगले शिक्षा तर्फ सियारी गाउँपालिकामा रहेको नवदुर्गा माध्यामिक विद्यालयमा रु. ४० लाख लागतमा भवन निर्माण , राष्ट्रिय प्राथामिक विद्यालय भगदरीमा २१ लाखको लागतमा भवन निर्माण गरिदिएको छ । आर्थिक बर्ष २०७५।०७६ मा सियारी गाउँपालिकाका रु.२१ लाख खर्च गरेर ३३ सय बिद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री सहितको किड्स व्याग वितरण गरेको उद्योगको प्रशासन शाखाले जनाएको छ । ०७६ । ०७७ मा रु. ११ लाख बरावरको शैक्षिक सामाग्री पनि सियारी गाउँपालिकाका बिभिन्न स्कुलहरुका बिद्यार्थीहरुलाई सहयोग पुराएको छ ।स्वास्थय तर्फ उद्योगले सामाजिक उत्तरदायित्व अन्तरगत अहिले सियारी गाउँपालिकामा नै ८५ लाखको लगानीमा पव्लिक हेल्थ पोष्टको भवन निर्माण गरिरहेको छ । स्थानिय क्षेत्रका नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने उद्धेश्य रहेको देखिन्छ ।