logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    सीमानाकामा लायन्सको पहिलो स्वचालित सेनेटाइज टनेल


    १६ बैशाख २०७७ , मंगलबार

    सीमानाकामा लायन्सको पहिलो स्वचालित सेनेटाइज टनेल

    कमल रायमाझी
    भैरहवा, १६ वैशाख । नेपालको दोस्रो ठुलो भन्सार नाका बेलहियामा सोमवार स्वचालित सेनेटाइज टनेल मेसिन जडान गरिएको छ । यो नेपालकै अन्तराष्ट्रिय सीमानाकामा राखिएको पहिलो स्वचालित सेनेटाइज टनेल हो ।


    करिव रु. ५ लाखको लागतमा एसिया नम्बर ४ का लायन्स क्लवहरुको लगानीमा सेनेटाइज टनेल मेसिन जडान गरिएको डिष्ट्रिक ३२५बि २ का एरिया ४ ले जनाएको छ ।
    भन्सारमा आउने भारतिय कन्टेनर चालकहरु, सहचालकहरु र भारतिय क्वारेन्टाइनमा बसेर नेपाल प्रवेश गर्ने मानिसहरुलाई मध्यनजर गरि यो सेनेटाइज टनेल मेसिन जडान गरिएको आयोजक संस्था लायन्स क्लवको डिष्ट्रिक ३२५बि २ का एरिया ४ का एरिया चिफ बिनोद खरेलले जानकारी दिनुभयो । खरेलले सीमानाका संवेदनशिल क्षेत्र भएकाले स्वचालित सेनेटाइज टनेल निर्माण गरेको बताउनुभएको छ । यो टनेल निर्माणका लागि एरिया नम्बर ४ का ९० वटा लायन्स क्लवहरुको सहयोग रहेको छ ।
    सीमाक्षेत्रमा सेनेटाइज टनेल मेसिन जडान गरेपछि नेपाल भारतमा हुने सुरक्षाकर्मीहरुको आवत जावतलाई समेत सुरक्षित बनाउने र भन्सार क्षेत्रमा दैनिक काम गरिरहेका कर्मचारी तथा स्थानियहरुका लागि समेत सहयोग पुगेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भंसार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक मान वहादुर शाहीले जानकारी दिनुभयो ।
    कोरोना भाइरसको उच्च जोखिममा रहेको सिमाक्षेत्रमा अहिले सेनेटाइज टनेल मेसिन जडान भएपछि आसपासमा बसोवास गर्ने मानिसहरुले समेत खुसी व्यक्त गरेका छन् ।


    यसको जडान संगै नेपाल भारत सिमाक्षेत्रमा जो कोहि आवत जावत गर्दा प्रयोग गर्नु पर्ने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.