रुपन्देही । बन्दाबन्दीका कारण रुपन्देहीको शुद्धोधन गाउँपालिकामा निर्माणाधिन दुई पुलको निर्माण कार्य बन्द भएको छ ।
कामदार अभाव र निर्माण सामाग्रीको अभाव भएकोले पुल निर्माण कार्य बन्द हुन लागेको पुलका साईड सुपरभाइजर माधव बर्तौलाले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नं १ र २ जोडने दानव नदीमा निर्माणाधिन ४० मिटर पुलमा बाँधेको बीम ,डण्डी र स्ल्याप समेत कामदारले खोलेर घर जान थालेको उहाँले बताउनुभयो ।
‘पुलमा बाँधिएको बीम र डण्डी नदीले बगाउने भएकाले कामदारलाई खोलेर त्यसको संरक्षण गरेर मात्र घर जान भनेका छौ’ बर्तौलाले भन्नूभयो ।
सो गाउँपालिकाको वाड नं ६ र १ लाई जोडने दानव नदीको ४० मिटर पुलमा पनि कामदारको अभाव देखिएको छ । ती दुवै पुलको लागत रु. १८ करोड रहेको छ ।
दुवै पुलको निर्माण कार्य सम्पन्न गर्न कम्तिमा ५० कामदारको आवश्यक पर्ने र अधिकांस कामदार भारतीय रहेको सुपरभाइजर बर्तौलाले उल्लेख गर्नुभयो ।
बर्षाको समय नजिकिएकोले दशै र तिहारपछि मात्रै निर्माण कार्य सुरु हुने जानकारी दिदै उहाँले केही कामदार भएपनि बजार नखुलेका कारण खाद्यान्नको समेत अभाव भएको बताउनुभयो ।
‘हामीले निर्माणसँग सम्वन्धित काममा गरेको करोंडौं लगानी जोखिममा परेको छ’
उहाँले भन्नूभयो । निर्माण कार्यसँग काठ, डण्डी, फर्मा पाइपल लगायतका करिव रु. २ करोड वरावरको सामग्री पुल निर्माणस्थलमा अलपत्र अवस्थामा रहेको छ । वि.स २०७६ पुसदेखी निर्माण कार्य सुरु भएको पुलको ठेक्का मृत सञ्जिविनी देव एण्ड सायर (जेभि) कन्ट्रक्सन प्रालीले लिएको थियो ।