कमल रायमाझी
भैरहवा, २३ वैशाख । सामाजिक क्षेत्रमा कृयाशिल अमरज्योती युवा क्लब शान्तिनगर भैरहवाले लकडाउनका समयमा स्थानिय क्षेत्रमा सहयोग पुराएको छ ।

क्लबले शाहाकारी भोजनको व्यवस्था तथा कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीले समेत पानी, चाउचाउ, बिस्कुट र रियल जुस वितरण गर्ने कार्यक्रम समेत राखेको क्लबको सुचना शाखाले जानकारी दिएको छ ।
मंगलवार युनिभर्सल मेडिकल कलेज अफ शिक्षण अस्पताल रानी गाउँ भैरहवामा ६ सय जनालाई निःशुल्क शाहाकारी भोजन खुवाएको क्लबले अब भिम अस्पतालमा पनि शाहाकारी भोजन खुवाउने व्यवस्था गरेको क्लबका सहसचिव इशान भण्डारीले जानकारी दिए ।
सहसचिव भण्डारीले लकडाउनका समयमा समस्या परेका परिवार र कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुका लागि सहयोग पुराउने उद्धेश्यका साथ क्लबले काम गरिरेहेको बताए ।
भैरहवाको शान्तिनगरमा केन्द्रिय कार्यालय रहेको यस क्लबले बिगत समय देखिनै खेलकुद तथा सास्कृतिक कार्यक्रम र समाजसेवामा काम गर्दै आइरहेको क्लबको बार्षिक कार्यक्रम तथ्याङकमा देखिन्छ ।