logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    आत्तिएको मनलाई शान्त पार्न विपश्यना


    ११ जेष्ठ २०७७ , आइतबार

    आत्तिएको मनलाई शान्त पार्न विपश्यना

    कमल रायमाझी
    भैरहवा,  जेठ । बन्दाबन्दीका कारण मानिसहरु घरभित्र थुनिएका छन् । कोभिड–१९ को संक्रमणले मानिसहरुमा त्रासमय बातावरण श्रृजना गरेको छ । मानव जगतनै आत्तिएको छ । अहिले विश्वका महाशक्ति राष्ट्रहरु चीन, अमेरिका, रुस र इटाली जस्ता देशहरुलाइ कोभिड–१९ को महामारीले आक्रान्त पारेको छ । नेपाल, भारत लगाएतका अधिकांस देशहरुमा बन्दाबन्दी र संकटकाल लागु गरिएकाले आम मानिसको जिवन स्वघोषित नजरबन्दमा परेको छ ।

    यस्तो अवस्थामा आत्तिएको मनहरु शान्त पार्न विपश्यना गर्नु महत्वपूर्ण हुने देखिन्छ । तनावयुक्त र हतास मनस्थितीमा रहेका मानिसको मनलाई एकाग्र बनाई जिवन जिउने कला सिकाउने माध्याम विपश्यना भएको बौद्ध भिक्षुहरु बताउनुहुन्छ । चञ्चलमनले मानिसलाई दास बनाएको हुन्छ भन्दै विपश्यनाका ज्ञाताहरु मनलाई आफ्नो वशमा राख्नका लागि विपश्यना गर्नु जरुरी भएको देख्नुहुन्छ । बन्दाबन्दी विपश्यना (ध्यान) लागि उपयुक्त समय भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थाविरले बताउनुहुन्छ । यो समयमा ध्यान गरेर हतास र आत्तिएको चित्त मनलाई शान्त गर्न सकिन्छ । भिक्षु मैत्री महास्थाविर भन्नुहुन्छ, ‘ ध्यानले मानिसको चित्तलाई दमन गरि मनलाई एकाग्रता बनाउछ । सांसरिक जिवनमा हुने राग, द्धेष ,मोहबाट मुक्त गराउने माध्याम पनि विपश्यना भएकाले अहिलेको समयमा संसारभर यसको प्रयोग पनि बढदो रहेको छ । आर्य–मौनको माध्यामबाट विपश्यनामा ध्यान गर्दा शिर देखि पाउ सम्म आफुले आफैलाई पढने र पाउ देखि शिर सम्म अध्ययन निरिक्षण गर्ने हुनाले पनि मानिसको मनलाई बशमा राख्न सकिने उत्तम मार्ग विपश्यना भएको पाइन्छ । आध्यात्मिक सुख शान्तिका लागि गरिने साधनाले चित्त निर्मलता र शुद्धता हुने विपश्यना गर्नेहरु बताउछन् । चित्तमा हुने नराम्रा प्रवृति त्यागको लागि विपश्यना गरिन्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका विपश्यना विषयका प्रध्यापनरत सुमन्तराज न्यौपानेले विपश्यना भनेको विशेष प्रकारको साधन भएको बताउनुहुन्छ । बन्दाबन्दीमा घरभित्र रहेका मानिसहरुले दैनिक रुपमा आनापाना माध्यामबाट मनलाई शान्तपार्न विपश्यना गरे मन निर्मल हुन्छ । न्यौपानेले भन्नुहुन्छ, ‘ विपश्यनाले आफुलाई चिन्ने, आफुलाई हेरेर अनित्यको बोध गर्नु र बस्तुनिष्ट सत्यताको विकास गर्दछ । पहिला आफ्नो अन्तर आत्मालाई चिन्ने र मात्र वाह्य सन्सारलाई शुन्यतामा चिन्नेनै विपश्यनाको साधना हो ।’ हामीले खोज्ने भौतिक सुखले बाह्य संसारमा सुख देखिए पनि आन्तरिक मनमा यसले कुनै फरक पार्दैन । भौतिक सुखले एकछिन आन्नद दिएपनि एकपछि अर्को इच्छा उत्पन्न हुदै जाने तृष्णाले तनाव श्रृजना गराउछ । वास्तविक सुख त मानिसको मन भित्र नै हुन्छ । आफुले आफैलाई चिन्न सके मात्र हामीले वास्तविक सुखको अनुभूति गर्न सक्छौ । जुन विपश्यना वाट मात्र सम्भव भएको लुम्बिनी बौद्ध विश्वविद्यालय विपश्यना कक्षले जनाएको छ । विपश्यना शरिर भित्र भएको विकारहरु हटाउने, सुख र शान्तिले जिउने कला पनि हो । माहामानव गौतमबुद्धले करिव २६ सय बर्ष पहिला विपश्यनाको खोजगरेपनि यसको महत्व अहिले झन बढेको छ । सवै धर्म, समुदायहरुको आज यो साझा भएको छ । प्राणी हिंसा नगर्ने, झुटो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने र मध्यपान नगर्ने पञ्चशिल पुर्णरुपमा पालना गर्नाले समाधी (साधन)प्राप्त हुन्छ । साधना गर्नाले मानिसमा प्रज्ञा (ज्ञान) प्राप्ति हुन्छ । चार आर्यसत्यको ज्ञान प्राप्त हुन्छ । जुन दुःख छ , दुःखको कारण छ , दुःखको निवारण छ , दुःखको मार्ग छ । आर्य आष्टांगिक मार्ग सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाक, सम्यक कर्म, सम्यक जीविका, सम्यक प्रयास , सम्यक स्मृति, सम्यक समाधि दुःख निरोध गर्ने मार्ग पनि विपश्यना भएको लुम्बिनीका बौद्ध भिक्षुहरु बताउनुहुन्छ । विपश्यना आत्मशुद्धिको साधना–विधि हो । यसवाट शारीरिक तथा मानसिक रोगवाट मुक्त हुने बाटो पनि हो । यो अन्तरदृष्टि भित्र आफैलाई खोज्ने कला पनि हो । जसले बन्दाबन्दीको बेलामा सदुपयोग गर्न सके आममानिसहरुको जिन्दगीमा नयाँपन निश्चित ल्याउने थियो । विपश्यना शिविरहरुमा बन्दाबन्दीका समयमा साधन गर्न असम्भव जस्तै भएकाले यसको प्रयोग घरमा गर्न सकिन्छ । विपश्यनाले दिमाखलाई स्थिर राख्ने र शरिरका गतिविधिहरु हेर्ने भएकाले अहिले यसको प्रयोग आवश्यक छ । कायानुपस्सना (शरिरका लागि), वेद्नानुपस्सना (भावका लागि), चित्तानुपस्सना (चित्तका लागि), धम्मानुपस्सना (धर्म तथा विशेस प्रकारले देख्नका लागि) विपश्यना साधना गरिन्छ । यसको प्रयोग विपश्यना शिविरहरुमा विशेस प्रकारले विपश्यना गुरुहरुको मार्गनिर्देशनमा गरिने भएपनि घरमा हुदाँ एकान्त स्थानमा आखाँ चिम्म गरि पलेटी कसेर बस्ने र आनापाना (सास लिने र फाल्ने ) विधि ले गर्न सकिन्छ । साथै शरिरलाई शिर देखी पाउ सम्म र पाउ देखि शिर सम्म आफै हेर्ने गर्नु पर्दछ । जसले मनलाई शान्त पार्दछ ।
    बौद्ध भिक्षु छेवाङले बन्दाबन्दीमा आत्म र शरिरलाई नियन्त्रण गर्नका लागि योग र साधना प्रत्येक मानिसले गर्न आवश्यक भएको देख्नुहुन्छ । चञ्चले मनलाई योग र साधनाले मात्र बाध्न सक्ने भएकाले घरभित्र शान्त भएर साधना गरे अहिलेको संकट टार्न सहजहुने बौद्ध भिक्षु छेवाङको भनाई रहेको छ ।
    बन्दाबन्दीमा साधना गर्दा सादाखाना खानुपर्ने, शिललाई मान्नु पर्ने, चित्तलाई बाध्नुपर्ने र विपश्यनाका आधुनिक गुरु सत्यनाराण गोयङका प्रवचनहरु सुन्नुपर्ने धम्मजननी विपश्यना केन्द्र लुम्बिनीका गुरु बताउनुहुन्छ ।
    सवै मानिसहरु शान्ति र आन्नदको खोजमा दौडिरहेका हुून्छन् । यसको निवारणको मार्ग भनेको बुद्ध बचननै हुन । मनले, वचनले र शरीरले गर्ने १० अकुसल कार्य नगरे मानिसमा शान्ति र आन्नद आउने बुद्ध वचनहरुले प्रमाणित गरेको पाइन्छ । मनबाट हुने तिन अकुसल कार्य लोभ, प्रतिहिंसा, असत्यज्ञान हुन । वचनबाट हुने अकुसल कार्य झुटो वचन, चुगली गर्ने, कटुवचन, व्यर्थ वचन हुन । शरीरबाट हुने असुलकार्य हत्या, चोरी, व्याभिचार हुन । साधन गर्दा यिनिहरु नगर्ने प्रतिज्ञा मानिसहरुले गरेमा मानिसमा स्वतह शान्ति र आन्नद आउछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.