भैरहवा, २४ जेठ । तिलोत्तमा नगरपालिका वार्ड नं.१० शान्तिनगरमा रहेको दुर्गा आमा समुहको निर्माण हुन लागेको नयाँ भवनको शिलन्यास गरिएको छ ।
प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दधिराम न्यौपानेले नव निर्मित ६ कोठे भवनको शिलन्यास गरेको उनको सचिवालयले जानकारी दिएको छ । शिलन्यास कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति तथा प्रदेश सभा सदस्य न्यौपानेले महिलाहरुको क्षमता विकास र नेतृत्व विकासका लागि प्रदेश सरकारले थप कार्यक्रमहरु आगामी बजेट ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले परिवार तथा समाजको विकासमा महिलाहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै सरकारले महिला मैत्री बजेट निर्माणमा जोड दिएको बताउनुभयो ।

आमा समुहकी अध्यक्ष लिला देवी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा सोही वडाका वडा अध्यक्ष व्यासमुनी चौधरी,वडा नम्बर १२ वडा अध्यक्ष सहदेव चौधरी तथा स्थानिय समाजसेवी प्रदिप थापा, गोपाल घिमिरे, यादव अर्याल लगाएतको उपस्थित रहेको थियो । सिमा घिमिरेको सञ्चालन तथा शारदा नेपालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।