कमल रायमाझी
“कोभिडको लडाईमा ग्रिन सिटिको अभियान ,
बस्ती–बस्तीमा पुराउ सचेतनाको ज्ञान ।”
भैरहवा,५ भदौ । कोभिड–१९ को संक्रमण समुदाय सम्म पुगेपछि लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले बस्ती–बस्ती सम्म पुगेर सचेतनायुक्त व्यानर लगाउन थालेको छ ।

ग्रिनसिटिले सर्वसाधरणहरुलाई सचेत गराउनका लागि माक्स अनिवार्य लगाउनुपर्ने, सामाजिक दुरि कायम राख्नुपर्ने, सावुन पानीले हात धुनुपर्ने, सेनेटाइजरको प्रयोग गर्नुपर्ने, नमस्ते गर्ने बानी बिकास गर्न र भिडभाड नगर्न र नगराउन भन्दै सचेतना अभियान सुरु गरेको लायन्स क्लब अफ ३२५ बिटु का स्ट्राटेजिक चिफ नवराज न्यौपानेले जानकारी दिनुभयो ।
क्लबले भैरहवा क्षेत्रका चोक–चोक र बस्ती–बस्तीमा पुगेर मानिसहरुलाई समेत माक्स लगाउन र सामाजिक दुरि कायम राखेर मात्र घर बाहिर निस्कन अनुरोध गरिहेको क्लबका अध्यक्ष शिबनाथ गुप्ताले बताउनुभयो ।
“हामी सेवा गछौं ।” भन्ने मुल उद्धेश्यका साथ स्थापना भएको लायन्स क्लब अफ ग्रिनसिटिले कोरोनाबाट मानिसलाई बचाउनका लागि स्वास्थ्य मुलुक व्यानर तथा सचेतना गर्नु राम्रो पक्ष भएको सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव नेत्र आर्चायले बताउनुभयो ।
जिल्लाको ओमसतिया गाउँपालिका, मायादेवि गाउँपालिका र सिद्धार्थनगरका केहि चोकहरुमा क्लबका सदस्यहरु द्धारा व्यानर तथा सचेतना कार्यक्रम अगाडी बढाइरहेको क्लबका प्रथम उपाध्यक्ष गोविन्द गिरिले जानकारी दिनुभयो ।
सिमाक्षेत्र तथा बढि भिडभाड हुने अस्पताल, भन्सार र स्थानिय बजारहरुमा समेत ग्रिनसिटि पुगेका क्लबका द्धितिय उपाध्यक्ष नरेश केसिले बताउनुभयो ।
“कोभिडको लडाईमा ग्रिन सिटिको अभियान ,
बस्ती–बस्तीमा पुराउ सचेतनाको ज्ञान ।”
भन्ने नारा साथ स्थानिय टोल–टोल सम्म पुगेको लायन्स क्लब अफ ग्रिन सिटी अभियानमा आफ्ना ५३ जना सदस्यहरु स्वयंम सेवक भएर काम गरेको क्लबका तृतिय उपाध्यक्ष मनोज क्षत्रीले जानकारी दिनुभयो ।
अभियानमा क्लवका सचिव भिम थापा, कोषाध्यक्ष बिनोद यादब सदस्यहरु रुक्सना करन्जित, बिशाल बस्नेत, अमृता गुरुङ, विजय यादब, सागर गुरुङ, दिनेश ठाकुर, अनुप बर्मा, हेमन्त जोशी, टेकनारायण ढकाल, केदारनाथ बरई,सञ्जय कुमार गुप्ता, शिवान क्षेत्री, गणेश अधिकारी, विष्णु श्रेष्ठ, रोशन शर्माले नेतृत्व गरेको क्लबको सुचना शाखाले जनाएको छ ।

ब्लड क्यान्सर पिडित २२ बर्षिया युवा मनोज गिरिको उपचारका लागि रु.५१ हजार सहयोग गर्दै स्थापना भएको ग्रिन सिटिले समाज सेवामा आफ्नो अभियानलाई निरन्तर राख्ने प्रतिवद्धता गरेको छ । लायन्स क्लबको मुल मर्म अनुसार क्लबले आफ्नो गतिविधिहरुलाई समेत यसै गरि अगाडी बढाउने क्लबको मुल उद्धेश्य देखिन्छ ।