logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    करुणाको न्यायका लागि बुहारीहरु लड्ने


    ११ भाद्र २०७७ , बिहिबार

    करुणाको न्यायका लागि बुहारीहरु लड्ने

    बुटवल,११ भदौ । मेचिकाली बुहारी संयुक्त आवाज रुपन्देहीले करुणा घर्तीको न्यायका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार इलाका प्रशासन कार्यालय बुटवल मार्फत जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको संस्थाका जिल्ला संयोजक लता खड्काले बताउनुभयो ।


    साउन २२ गते कन्चन गाउँपालिकामा पर्ने जंगलमा झुडिएको अवस्थामा भेटिएकी मृतक१६ बर्षिया करुणा घर्तीको बलात्कार पछि १७ बर्षिया प्रेमि सुमन काला मगरले हत्या गरेको परिवारले आरोप लगाए पनि प्रहरीले अनुसन्धानमा पिडकलाई बचाउन खोजेकाले सत्य तथ्यमा रहेर अनुसान्धन गर्न ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।
    पिडकले बलात्कार गरेको स्विकार गरिसकेको र हत्या गरेको कुरा प्रहरी बाट लुकाउन खोजिएकाले यसको अनुसन्धान निपष्क्ष रुपमा हुनुपर्ने माग बुहारी आवाजले ज्ञापन पत्र मार्फत माग गरेको छ ।
    ज्ञापन पत्रमा भनिएको छ,“ घटना घटेको लामो समय हुदाँ सम्म पनि प्रहरीले पिडकलाई अनुसन्धान गरेर सत्य कुरा बाहिर ल्याउने बेलामा पिडित पक्षलाई तनाव दिने काम गरेको छ । पिडकका परिवारका आफन्तले उल्टै पिडित परिवारलाई डर, त्रास दिने गरेकाले यसको लागि सुरक्षाको प्रत्याभुती दिन अनुरोध गर्दछौ । ”


    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले घटनाको विषयमा प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको बताउदै अपराध गर्नेहरु कुनै हालतमा नउम्कने बताउनुभयो । उहाँले विभिन्न संघ संस्थाहरुले सत्य, तथ्य अनुसन्धान गर्नका लागि दवाव श्रृजना गरिरहेको बताउदै अवका केहि दिनमा प्रहरी अनुसन्धानले सत्य,तथ्य कुरा बाहिर ल्याउने जानकारी दिनुभयो ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्त प्रहरी नायव उपरिक्षक खड्क खत्रीले पिडकलाई आत्महत्या दुरुत्साहन र बलात्कारको मुद्धा दर्ता प्रकृया अगाडी बढेको जानकारी दिदै प्रहरी अनुसन्धानले पनि यहि तथ्य देखाएको बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.