लुम्बिनीखबर
भैरहवा, पुस । मोटरसाईकल कम्पनिहरुमा सबैभन्दा पुरानो जाभा मोटरसाईकलले रुपन्देहि जिल्लाका सडकहरुमा पकड जमाएको छ ।
३०० सिसिको उक्त मोटरसाईकल कोरोना कहरकाबिच कार्तिकदेखि नेपाली बजारमा आएको थियो । नेपालमा अग्नि मोटो ईन्क। आधिकारिक बिक्रेता रहेको उक्त मोटरसाईकल यतिबेला तराई, पहाडका सडकमा गुडिरहेका छन् ।
उक्त मोटरसाईकलको भैरहवाको आधिकारिक बिक्रेता वारिस अटो मोबाईलका सन्चालक ईरफान वारिसले भने,ू९१ बर्ष पहिले सन् १९२९ मा सन्चालनमा आएको बाईक पुन कमब्याक भएको छ ।

उनले भने, ू नौ दशक अगाडि विश्वविख्यात रहेको उक्त बाईक यतिबेला समयक्रमसंगै नया अवतारको रुपमा फेरि बजारमा आएको छ ।
भैरहवाबाट मात्रै १८ वटा बाईक बिक्रि भईसकेको उक्त बाईकको न्युनतम मूल्य ६ लाख २० हजार रहेको छ । जाभा ४२ , जाभा क्लासिक मोडलको रुपमा रहेको उक्त बाईकको मुख्य बिशेषता लिक्विड कुल इन्जिन, एफआई सिस्टम, एविएस सिस्टम सहित रेट्रो क्लासिकल मोडलको रुपमा रहेको छ ।