logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    संविधानको रक्षा गरौ ः घनश्याम भुसाल


    २४ पौस २०७७ , शुक्रबार

    संविधानको रक्षा गरौ ः घनश्याम भुसाल

     

    लुम्बिनीखबर
    भैरहवा,  पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले जनता, पार्टी र लोकतन्त्रसँग गरिएको सम्झौताविरुद्ध प्रधानमन्त्री केपी ओली अगाडि बढेको भन्दै ओली सजायको भागिदार भएको बताएका छन् ।
    प्रेस संगठन नेपाल रुपन्देहीले बुधबार तिलोत्तमाको आयोजना गरेको ‘प्रतिनिधिसभा विघटन ः असंवैधानिक कदम’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले संसद पुनस्र्थापना गर्नु भनेकै ओलीलाई सजाय दिनु भएको बताए । ‘हिजो जसरी राष्ट्र एकीकृत भएर हामीले संविधान जारी गरेका थियौं, त्यसरी नै आज राष्ट्रलाई एकीकृत बनाएर संविधानको रक्षा गर्नुपर्छ’, उनले भने, ‘भारतले नाकाबन्दी गर्दा ओली त्यसविरुद्ध लडेको, ओली नेतृत्वको सरकारले नयाँ नक्सा प्रकाशित गरेको जस्ता सन्दर्भ जोडेर प्रतिनिधिसभा विघटन ठीक हो भन्ने पुष्टि गर्न खोजिए पनि संविधानमा प्रष्ट भएकाले संसद विघटन गर्न पाइँदैन ।’


    पूर्व कृषिमन्त्री समेत रहेका नेता भुसालले संसद पुनस्र्थापना हुन ढिलो भए त्यसले ठूलो क्षति गर्ने बताए । उनले भने, ‘बढी क्षति हुनु अगावै नै संसद पुनस्र्थापना गर्नुपर्छ । मुलुक, लोकतन्त्र र संघीयताको रक्षा गर्न पनि संसद पुनस्र्थापना हुनुपर्छ’, उनले भने । लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै उनले पत्रकार सत्यको दुत बन्न नसके पत्रकारिता समेत रहन नसक्ने उल्लेख गरे ।
    नेकपा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रुपन्देही जिल्ला सचिव नारायण जिसीले ओलीले निरकुंश शैलीमा प्रतिनिधिसभा विघटन गराएको बताउँदै त्यसलाई कुनै पनि हालतमा पुनस्र्थापना गर्नुपर्ने बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले संसद विघटन असंवैधानिक कदम भएको र संविधानमा नभएको अधिकार प्रधानमन्त्री ओलीले प्रयोग गरेको आरोप लगाए ।
    नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले संविधान जोगाउन लाग्नुपर्ने बताउँदै रक्षकबाटै संविधानमाथि घात भएको बताए । राष्ट्रिय समाचार समिति (रासस)का पूर्व केन्द्रीय अध्यक्ष अधिवक्ता बालकृष्ण चापागाईले संसद विघटन जस्तो गलत कदमको समर्थन गर्नु आत्मघाती भएको बताउँदै उनले ओलीले चालेको कदम महेन्द्र, विरेन्द्र, ज्ञानेन्द्र र गिरिजाप्रसाद भन्दा पनि खतरनाक भएको बताए ।
    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले प्रतिनिधिसधा विघटनबारे पत्रकार महासंघले असंवैधानि भनिसकेको बताउनुभयो । उहाँले कुनै पनि हालतमा संसद पुनस्र्थापना हुनुपर्ने माग गर्नुभयो । सम्पादक समाज नेपालका केन्द्रीय सदस्य नारायण प्रसाद सापकोटाले ओली नेतृत्वको सरकारले असंवैधानिक कदम चालेको बताउनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी.ले प्राप्त उपलब्धीलाई रक्षा गर्नु नै अहिलेको आवश्यकता भएको औल्याउनुभयो । अग्रज पत्रकार मदनलाल पौडेलले आफुले संविधान १० पटकसम्म पढे पनि संसद विघटन संविधानमा नरहेको बताउनुभयो । उहाँले यस्तो काम गर्ने व्यक्ति प्रजातान्त्रिक र कम्युनिष्ट हुन नसक्ने दावी गर्नुभयो । प्रेस संगठन नेपाल रुपन्देहीका सह–संयोजक कमल रायमाझीको अध्यक्षता, केन्द्रीय सदस्य रुद्रहरि कुंवरको स्वागत तथा रुपन्देही जिल्ला सदस्य नरेश के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.