logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लायन्स ग्रीनसिटीको बिस्तारीत बैठक सम्पन्न


    २५ पौस २०७७ , शनिबार

    लायन्स ग्रीनसिटीको बिस्तारीत बैठक सम्पन्न

    समाजसेवा र जनपक्षिय काममा क्रियाशिल हुन छलफल
    भैरहवा, २५ पुस । लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीको तेस्रो बिस्तारीत बैठक सम्पन्न भएको छ ।
    क्लबका अध्यक्ष शिवनाथ गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकले यसअघि सम्पन्न भएका कार्यक्रमको खर्च अनुमोदन गर्नुको साथै विभिन्न महत्वपुर्ण निर्णयहरु पनि गरेको छ ।


    क्लबका सचिव भिमबहादुर थापाका अनुसार क्लबले म्यूडिहवा आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गर्ने, बृहत्त आखा शिवीर सन्चालन गर्ने, पारिवारिक बनभोज कार्यक्रम र रक्तदान कार्यक्रम गर्ने जस्ता निर्णयहरु गरेको छ ।
    अक्षय कोषकोलागि सचिव भिमबहादुर थापा संयोजक, आखा शिवीरकोलागि द्वितीय उपाध्यक्ष नरेश के.सी, बनभोजको कार्यक्रमकोलागि सहकोषाध्यक्ष कपिल चापागाई, र रक्तदान कार्यक्रमकोलागि टेमर धिरज अग्रहरीलाई संयोजक चयन गरेको प्रथम उपाध्यक्ष गोबिन्द गिरीले बताए ।

    क्लबले आगामी दिनमा सकृयरुपमा सामाजिक क्षेत्रमा प्रभावकारी काम गर्ने,जनपक्षिय, ग  रिव, दुःखी र असाहयलाई सहयोग गर्ने छलफल समेत भएको क्लब सदस्य शोभा गुरुङले बताए ।
    लायन्स मल्टीपल डिस्ट्रीकमा समेत संस्थापक सदस्य सबैभन्दा धेरै रहेको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले स्थापनाको छोटो समयमा डेढ दर्जन भन्दा बढी सामाजिक कार्यक्रम सम्पन्न गरिसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.