चार्टण्र्ड प्रिजेन्टेसन कार्यक्रममा अध्यक्ष गुप्ता मन्तव्य

आज मिति २०७७ साल माघ महिनाको १० गते शनिवारका दिन लायन्स क्लब अफ सिद्धार्थनगरद्धारा आयोजित चार्टण्र्ड प्रिजेन्टेसन कार्यक्रमका सभापति एम जे एफ लायन नेत्र प्रसाद आचार्य ज्यू, यसै कार्यव्रmमका मुख्यकेन्द्रविन्दु तथा प्रमुख अतिथि डिष्ट्रिक ३२५ बी २ का पि डि जि लायन अरुण प्रताप राणा पि.एम.जे.एफ ज्यू, विशिष्ट अतिथि, स्ट्राटेजिक चिफ, पि एम जे एफ लायन धर्मराज श्रेष्ठ ज्यू, यस कार्यव्रmमका सम्पूर्ण अतिथिज्यूहरु, डिष्ट्रिकका पदाधिकारीज्यूहरु, सम्पूर्ण क्लबका अध्यक्ष, सचिव तथा कोषाध्यक्ष ज्यूहरु लगायत अग्रभागमा आसन ग्रहण गर्नु भएका सम्पूर्ण अतिथि तथा लायन मित्रहरुमा लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको तर्फबाट न्यानो अभिवादन ।
प्रथम विश्वयुद्धको समयमा विश्वमा भोकमरी, महामारीको बेला निस्वार्थ मानवसेवा भावले सन् १९१७ मा मेल्विन जोन्सले लायन्सलाई जन्मदिई गरिव दुःखी, असाहय र युद्धबाट आक्रन्त बनेका मानिसहरुको सेवामा लायन्सलाई समर्पित गरेका थिए । लायन्स क्लबले हाल १०३ बसन्त पार गरिसकेको इतिहास यहाँहरुलाई जानकारी छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ग्राउण्ड लेबल देखि सेवाका हातहरु अगाडी बढाउदै विभिन्न रचनात्मक कार्यहरु लायन्सको मुख्य मर्म हो।
लायन्सको मर्म नै विश्व शान्तीको कामना रहेको छ । आज भन्दा करिब २६ सय बर्ष पहिला विश्व शान्तीको सन्देश दिने महामानव गौत्तम बुद्धको जन्मस्थान लुम्विनीको सामिप्यमा रहेको लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले पनि लायन्सले अंगिकार गरेको शान्तीको बुद्धभावलाई अंगिकार गर्दै अगाडी बढेको कुरा यहा उपस्थित सबैलाई जानकारी गराउदा गर्वको अनुभूति गरेको छु । बुद्ध बचन जस्तै मानव सेवामा समर्पित लायन्समा हामीले अझै समभाव, करुणाभाव र मैत्रीभावलाई संस्थागत गर्न सक्यौं भने मेल्विन जोन्सको अपेक्षा पुरा हुने हामी विश्वस्त छौं । संसार सामु हामीले लायन्स मार्फत सत्यको पक्षमा लागेर निस्वार्थ समाज सेवालाई तिव्र रुपमा अगाडी बढाउनु पर्दछ । हामी लुम्विनीको सामिप्यमा रहेका कारण सत्य मार्ग र पंचशीललाई मानिसहरुको मन भित्र पुरयाउनु आवश्यक छ ।
नेपालमा लायन्सको विकास तथा विस्तार भएको ५० वर्ष भर्खर पुगेको कुरा हामी अवगत नै छौं । लायन्स क्लब अफ बिराटनगरको सन् १९७१मा जन्माउने तत्कालिक प्रधानमन्त्री मातृका प्रसाद कोइरालालाई पनि म यहा सम्झन चाहन्छु । जसले लायन्स मार्फत नेपालमा गरिव दुःखी, असाहय र प्राकृतिक विपतीमा परेकालाई सेवा गर्न हामीलाई प्रेरिणत गर्नु भएको छ ।
यसरी नै अन्तराष्ट्रिय र राष्ट्रिय लायन्सको उद्देश्य र मान्यतालाई अनुशरण गर्दै निस्वार्थ सेवा भावनालाई आत्मसात गर्दै कोभिड १९ को महामारीका बिच भैरहवा स्थित बोधि रेडसन होटेलमा विधिवत रुपमा मिति २०७७ श्रावण ३१ गते यस लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको स्थापना संगै समाजसेवामा लागेको कुरा भैरहवा वासी अवगतै हुनुहुन्छ । यस क्लबमा विभिन्न क्षेत्रहरुमा आवद्ध हुनु भएका ६४ जना युवाहरु संस्थापक सदस्य रहनु भएको कुरा सबैमा जानकारी गराउन चाहन्छु ।
हामीले गाउ स्तरीय, नगरस्तरीय तथा जिल्ला स्तरीय विभिन्न सेवामूलक कार्य संचालन गरेको कारण लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी छोटो समयमानै अलग र छुट्टै पहिचान बनाउन सफल भएको छ । आगामी दिनहरुमा हामी सेवा गर्छाै भन्ने मूल नारालाई आत्मसात गर्दै अन्तराष्ट्रिय लायन्सले दिएको ५ वटा विद्या तथा समाजमा भएको आवश्यकतालाई मनन् गरेर सेवाका कार्यहरु गर्नेमा प्रतिवद्ध छौ ।
हाम्रो क्लबले आफनो वार्षिक कार्ययोजना तयार गरी क्लब परिवारबाट आजसम्म रु १५ लाख फण्ड राइजिङ गरी ३ वटा विद्यालाई समेटेर हालसम्म १७ वटा सामाजिक कार्य सम्पन्न गरिसकेका छौं । आगामी दिनहरुमा बाकी रहेका २ विद्यालाई समेट्दै यस्तै रचनात्मक सेवाका कार्यहरु गर्ने प्रव्रिmयामा रहेका छौ । हामीले आत्मादेखि लायन्सको भावना संग जोडिएर क्यान्सर पिडित मनोज गिरी, मेरुदण्ड भाचिएका छोटू सहानी, सि.न.न.पा.२ स्थित मेउडिहवामा आधारभूत विद्यालयमा स्थापना गरिएको शैक्षिक अक्षयकोष र कोभिड १९ को नियन्त्रणका लागि जनचेतनामूलक तपाईको मास्क खै ? व्यानरिङ कार्यक्रमले स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका मानिसहरुले समेत प्रशंसा गरेका हाम्रो क्लबका कार्यव्रmमहरु भएको कुरा म यो मंचबाट जानकारी दिन चाहन्छु । केहि दिनमै हामीले क्लबको तर्फबाट कलेजो प्रत्यारोपणका लागि गोविन्द बस्नेतलाई आर्थिक सहयोग गर्ने तयारी गरिरहेको कुरा म अवगत गराउन चाहन्छु ।
अन्तमा,
हाम्रो क्लबलाई जन्मदिने मातृ क्लब लायन्स क्लब अफ सिद्धार्थनगरलाई हामी ह्रदयदेखि नै धन्यवाद दिन चाहन्छौं । क्लब जन्मेपछि समाजसेवामा व्रिmयाशील बनाउनका लागि क्लबका मार्गदर्शकहरु
एक्सटेन्सन चेयर पर्सन, पि डि जि लायन, लायन अरुण प्रताप राणा , एक्सटेन्सन चेयर पर्सन, पि एम जे एफ, लायन नवराज न्यौपाने,गाईड लाइन, मातृ क्लबका अध्यक्ष, पि एम जे एफ, लायन नेत्र प्रसाद आचार्य
गाईड लाइन, एम जे एफ, लायन अर्चित श्रेष्ठ,रिजन चेयर पर्सन, लायन सुशिल गुरुङ,जोन चेयर पर्सन, लायन संगम न्यौपाने ,लाई क्लबको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट अन्तर आत्मा देखि नै धन्यवाद दिन चाहन्छु । विशेष धन्यवाद दिन चाहन्छु । स्ट्रेटेजिक चिफ, पि एम जे एफ, लायन धर्मराज श्रेष्ठ ज्यू, स्ट्रेटेजिक चिफ, एम जे एफ, लायन महेश चन्द थापा ज्यू, इभेलुएसन हेड, लायन बिनोद खरेल ज्यू, लगायत मलाई आजसम्म हरेक पल पलमा सहयोग गर्नु हुने मेरा क्लबका सम्पूर्ण संस्थापक सदस्यहरु तथा आदरणीय व्यक्तित्व तथा यस क्लबका संस्थापक सदस्य कमल रायमाझी तथा नरेश केसी लाई यसै मंचबाट बिशेस धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु । जसले मलाई सधैव सहयोग तथा सल्लाह दिएर समाजसेवामा लाग्न ओतप्रेत गर्दै प्रेरेणा र हौसल्लाह दिनुभएको छ । जय लायनबाद ।