पशुपती यादब
धकधई, १९ फागुन । जिल्लाका सार्वजनिक खोलानाला र ताल तलैयामा अहिले माछा पाउन छाडेका छन् । प्राकृतीक रुपमा पाइने माछाहरु लोपहुन थालेपछि स्थानिय बासिन्दाहरुमा चिन्ता पर्न थालेको छ ।

पहिले–पहिले खोलानालामा मानिसहरु जाल, बल्छी टापा,झिमुरीको प्रयोग गरी माछा मार्ने गर्दथे । खाना योग्य माछा छनोट गरि साना र भुरा माछा खोलानालामा नै छोड्ने गर्दथे । जसले गर्दा माछाको प्रजातीको बढोत्तर हुने गरेको थियो ।
पछिल्लो समय सार्वजनिक स्थलहरुमा भएका पोखरी, ताल, तलैया, खोला,नाला र बगेलामा जथाभावी बिषादीको प्रयोगका कारण प्राकृतिकरुपमा पाईने माछा बंसको विनास हुदै गएको मत्स्य विज्ञहरु बताउने गरेका छन् ।
आज–भोली मानिसहरु माछाको विकास भन्दा पनि विनासतिर लागेका कारण प्रकृतिक मनोरमका रुपम रहेको माछाहरु लोप भएको हो । ओमसतिया गाउँपालिका मस्त्य व्यवसायी अर्जुन साहनीले प्राकृतिक रुपमा पाईने माछाहरु पाइने छाडेपछि अहिले उन्नत जातको माछाहरु उत्पादन गर्न थालेको बताउछन् । उनले प्रकृतिक रुपमा पाइने माछाहरुमा इनर्जीको मात्रा सन्तुलित र खानका लागि स्वादिष्ट हुने भएकाले मानिसको रोजाई पर्ने भएपनि पाइन छाडेपछि उन्नत जातको माछा उत्पादन गिरि विक्रिवितरण गर्ने गरेको जानकारी दिए ।
प्राकृति सन्तुलनका लागि प्रकृतिक रुपमा माछाको उत्पादन हुनुपर्ने भएपनि अहिले सार्वजनिक स्थलहरुमा भएका पोखरी, ताल, तलैया, खोला,नाला र बगेलामा स्थानिय माछा नहुदा यहाँको सुन्दरता र आन्नदपन हराएको ओमसतिया गाउँपालिकाको कृषि तथा मत्स्य शाखाले जनाएको छ ।
रोहणी गाउँपालिकाका कृषि शाखा प्रमुख जितेन्द्र यादवले हिजो ठुलो सख्यामा पोखरी, ताल, तलैया र बगेलाहरुमा माछा मारि मानिसहरु आफ्नो दैनिकी जिवन चलाउथे भन्दै अहिले विषादीको प्रयोगका कारण माछा प्रजाती लोभ भएकाले उनिहरुको जिवन कष्टकर बनेको बताउछन् ।
उनले पैसावालहरु कृतिमरुपमा उन्नत जातको माछा उत्पादन गर्ने गरेपनि मल्लाह, माझीहरुको माछा मार्ने पेशा संकटमा परेको बताए ।
सार्वजनिक पोखरी, ताल, तलैया, खोला,नाला र बगेलामा उत्पादन हुने माछाका कारण हिजोका स्थानिय निकायहरुले समेत राम्रो आम्दानी गर्ने गरेपनि अहिले विषादीको प्रयोगले स्थानिय जातका माछा प्रजातीनै लोभ भएपछि उनिहरुको आम्दानी पनि घटेको छ ।
रोहणी गाउँपालिकाले भने अव सार्वजनिक स्थलहरुमा भएका पोखरी, ताल, तलैया, खोला,नाला र बगेलाहरु संरक्षण गर्ने र स्थानिय जातका माछाहरुको उत्पादनमा जोड दिने बताएको छ ।
मानिसहरुमा आधुनिकता थपिदै जादा मानिसहरुको जिवनमा समेत मनोरम र आन्नद दिने माछा प्रजाती लोभ हुनु राम्रो नभएको हुदा यसको संरक्षण राज्यले गर्नु पर्दछ । राज्यले जलचर संरक्षण ऐन २०१९ अनुसार विषादी प्रयोग गर्नेका लागि कानुनको निर्माण गरेपनि व्यवहारमा कार्यान्वयन नगर्दा समस्या आएको हो ।