logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    एसपी देख्दा तस्कर भागाभाग


    १९ चैत्र २०७७ , बिहिबार

    एसपी देख्दा तस्कर भागाभाग

    लुम्बिनीखवर
    भैरहवा, १८ चैत्र । रुपन्देही प्रहरीले गतबर्ष भन्दा चालु बर्षको ९ महिनामा दोब्बर मूल्य बराबरको अबैध सामग्री बरामद गरी भन्सार कार्यलय पठाएको छ । तस्करहरुको जालो कव्जा गर्ने अभियानका लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी देख्दा तस्कर समेत भागाभाग हुने गरेका छन् ।


    गत आर्थिक बर्षको श्रावण महिनादेखि असाढ मसान्त सम्म ४ करोड ८८ लाख १ हजार १ सय ३४ मूल्य बराबरको सामग्री बरामद गरी भन्सार दाखिला गरेकोमा चालु आर्थिक बर्षको श्रावणदेखि यहि चैत्र १६ गते सम्म ७ करोड ५१ लाख ४१ ह्जार ९ सय ६७ मूल्य बराबरको सामग्री भैरहवा भन्सार कार्यलय पठाइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले बताए ।
    प्रहरी उरिक्षक पोखरेलले भने, “भन्सार छलेर भारतबाट नेपाल ल्याइएका विभिन्न सामग्रीहरु हामीले बरामद गरेका हौं । चोरी तस्करी नियन्त्रणमा हामीले मसिनोगरी काम गरिरहेका छौं । शून्य गराउन सकेका त छैनौ होला तर हाम्रो प्रयास विगतमा भन्दा प्रभावकारी भएको तथ्यांकले नै पुष्टि गरेको छ । ”
    गत बर्ष श्रावण महिनामा २० लाख ६ हजार ७ सय ४२ मूल्य बराबरको सामग्री भन्सार दाखिला भएको देखिन्छ । जबकी चालु बर्षको श्रावण महिनामा १ करोड ९ लाख ५६ हजार ५६ मूल्य बराबरको सामग्री भन्सार दाखिला भएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीको तथ्याङ्क अनुसार गत बर्ष भाद्रमा २८ लाख ९० हजार ३ सय ४५ मूल्यको सामग्री भन्सार दाखिला छ भने चालु बर्षको भाद्र महिनामा १ करोड १६ लाख ९९ हजार ३ सय २५ मूल्य बराबरको सामग्री बरामद भइ भन्सार कार्यलय दाखिला भएको छ । यसैगरी गत बर्षको असोजमा ८ लाख १३ हजार २ सय ९० , कार्तिकमा ४० लाख ३४ हजार ६ सय ८५, मंसिरमा १ करोड ३ लाख ८ हजार ८ सय ५०, पौषमा २९ लाख १२ हजार १ सय ८०, माघमा २७ लाख १६ हजार ८ सय ५०, फागुनमा २९ लाख ५० हजार ७ सय १२ र चैत्रमा ५१ लख ५९ हजार ७ सय ९० मूल्य बराबरको सामग्री भन्सार दाखिला भएकोको छ । जबकी चालु आर्थिक बर्षको असोजमा ६८ लाख ४८ हजार २ सय १४, कार्तिकमा १ करोड ४३ लाख ३७ हजार ४ सय ४९, मंसिरमा ८६ लाख ७७ हजार २ सय ९०, पौषमा ८६ लाख ६१ ह्जार ७ सय ९५, माघमा ५३ लाख २४ हजार ६८, फागुनमा ५० लाख २० हजार ३ सय ३५ र चैत्र १६ गते सम्म ३६ लाख १७ हजार ४ सय ३५ मूल्य बराबरको अबैध सामग्री बरामद गरी भन्सार पठाएको छ ।
    भैरहवा भन्सार मूल भन्सार नाका भएता पनि खुल्ला सीमानाको फाइा उठाउदैं भारतबाट नेपाल तर्फ दैनिक लाखौं रकम मूल्य बराबरको अबैध सामग्री भित्रिने गरको पुष्टि यो तथ्यांकले गरेको छ । नेपाल प्रहरीले भैरहवा र बुटवलबाट उक्त अबैध सामग्री सूचनाको आधारमा बरामद गरेको हो । अनुसन्धानमा अब्बल प्रहरी अधिकृतको परिचय बनाएका पोखरेलको रुपन्देही आवगमनसंगै चोरी तस्करी गत बर्ष भन्दा हवात्तै घटेको छ । गतबर्ष प्रहरी प्रमुखको रुपमा रहनुभएका तत्कालिन प्रहरी उपरिक्षक हेमकुमार थापा चोरी तस्करीका नाईकेसंग प्रत्यक्ष संलग्न भएको भनी सार्वजनिक रुपमै व्यापक आलोचना भएको थियो । नेपाल भारत सीमा नजिकै मैनिहवा घर भएका रामसुवेर यादवले भने, “अरे सर पोहोर साल त दिउंसै तस्करहरुले बोराका बोरा समान ल्याउँथे तर अहिले केहि महिनादेखि सुनसान नैछ । ”
    यादवले गत बर्ष सम्म उक्त क्षेत्रबाट कपडा, कुखुरा, किराना समानहरु दिनदहाडै तस्करहरुले ल्याउने गरेकोमा यस बर्ष आफुले नदेखेको बताए ।
    नयाँ प्रहरी प्रमुखको रुपमा आउनुभएको पोखरेलको कार्यसम्पादनले चोरी तस्करीमा रुपन्देही जिल्लालाई शून्य बनाउने प्रयासमा महत्वपूर्ण उपलब्धी हासील भएको अबैध सामग्री बरामदको तथ्यांकले देखाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.