logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    भैरहवामा अष्ट महासखी मुर्ति स्थापना


    १ बैशाख २०७८ , बुधबार

    भैरहवामा अष्ट महासखी मुर्ति स्थापना

    कमल रायमाझी
    भैरहवा, १ बैशाख । भैरहवाको श्री रसिकेश्वर मन्दिर, बर्मेली कलोनी, सिद्धाथनगर–९ मा श्री अष्ट महासखी मुर्ति प्राण प्रतिष्ठा गरिएको छ ।

    पंचम मूल जगद्गुरु श्री १००८ कृपालु जी महाराज द्धारा प्रतिष्ठित श्री रसिकेश्वर मन्दिरमा श्री महाराज जी की प्रचारिका सुश्री निकुञ्जेश्वरी देवीको सानिध्यमा श्री अष्ट महासखी विग्रह प्राण प्रतिष्ठा गरिएको हो । आध्यात्मिक संस्था राधामाधव समिति द्धारा गरिएको त्रिदिवसीय कार्यक्रममा चैत २९ र ३० गते पुजन र ३१ गते कलश जात्रा, श्री अष्ट महासखी विग्रह स्थापना, साधु र ब्राह्रमण भोज र प्रसाद ग्रहण कार्यक्रम गरिएको राधामाधव समिति नेपालका अध्यक्ष बृजेश कुमार अग्रवालले जानकारी दिए । विभिन्न क्षेत्र बाट आएका ४०० जना साधु सन्त, ब्राहमणहरुलाई वस्त्र दान दक्षिणा प्रदान गर्नुका साथै सम्मान गरिएको आयोजक समितिले बताएको छ ।

    साधु सन्त र आध्यात्मिक  मानुभावहरु बाट नगर परिक्रम गरि मन्दिरमा अष्ट महासखीको मुर्ति प्राण प्रतिष्ठा गरिएको थियो । भैरहवा क्षेत्रका धेरै भक्तजनहरुको आस्थाको केन्द्र रहेको यो मन्दिरमा अष्ट महासखीको मुर्ति प्राण प्रतिष्ठा गरिए पछि सवैमा खुसीयाली छाएको छ । भव्य र सभ्य रुपमा भएको त्रिदिविसीय कार्यक्रमले यसक्षेत्रलाई आध्यात्मिक मार्ग मार्फत समाजमा सकारात्मक सन्देश फैलाएको स्थानियहरु बताएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.