logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    ग्रिनसिटीले गरेयो न्यौपानेलाई सम्मान


    ११ बैशाख २०७८ , शनिबार

    ग्रिनसिटीले गरेयो न्यौपानेलाई सम्मान

    कमल रायमाझी
    भैरहवा, ११ बैशाख । लायन्स क्लव अफ भैरहवा ग्रिनसिटीले क्लवका एक्टेन्सन चेयर पर्सन पिएमजेएफ नवराज न्यौपानेलाई सम्मान गरेको छ ।

    न्यौपाने लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालको नवौ अधिवेशनवाट लायन बर्ष २०२१÷०२२ का लागि द्धितिय भाइस डिष्ट्रिक गभर्नरमा निर्वाचित भएको उपलक्ष्यमा सम्मान गरिएको क्लवका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले जानकारी दिए । न्यौपानेलाई सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको क्लवको सुचना शाखाले जनाएको छ । लायन्सको भावना अनुसार हामी सेवा गछौ भन्ने मुख्य उद्धेश्यका साथ समाज सेवामा क्रियाशिल न्यौपानेले यस क्षेत्रको नेतृत्व गर्दै लायन्सको द्धितिय भाइस डिष्ट्रिक गभर्नर जस्तो पदमा निर्वाचित भएकोमा क्लवको तर्फ बाट औपचारिक रुपमा शनिवार उहाँलाई बधाई तथा श्रृजनशिल कार्यकालको शुभकामना व्यक्त गरिएको लायन्स क्लव अफ भैरहवा ग्रिनसिटीले क्लवका बर्ष २०२१÷०२२ का निर्वाचित अध्यक्षमा गोविन्द प्रसाद गिरी बताए ।
    लायन्सको माध्यम बाट समाजमा सेवाका कार्यहरु धेरै गर्न सकिन्छ भन्ने सोचका धनी न्यौपानेको सम्मान कार्यक्रममा डिष्ट्रिक ३२५ बि २ का इभ्यालुयनसन हेड बिनोद खरेल,क्लबका गाईड लाईनर एओजी अर्चित श्रेष्ठ तथा क्लवका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.